भारतले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आजदेखि नाका बन्द

६ मंसिर २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
86 Shares


बैतडी –  भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आज

साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ । सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रजिअ लोकेन्द्र सिंह नेगीले जानकारी दिनुभयो ।यसअघि गत असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ देखि असोज १८ गते तीन दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मणिग्राममा ब्यापार मेलाको उद्घाटन गर्दै खांण
  • सिरहाको कर्जनहामा आगोमा जलेर एक बालिकाको ज्यान गयो
  • जुनियर ट्यालेण्ट शो कुमुदीनी ईग्लिश बोर्डिंग स्कुलमा सम्पन्न
  • संस्थाको आयोजनामा बिद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न
  • कांग्रेसभित्रको विवाद समाधान , निर्वाचन कार्यतालिका हेरफेर हुने
  • संस्थागत भ्रष्टाचारलाई सरकारले नियन्त्रण गर्न सकेन : सभापती शाह
  • आफ्नै बिहेको निम्तो बाँडेर फर्किदा रमिताको मृत्यु !
  • विवादित पात्रलाई सभामुख बनाउन लागेको भन्दै राष्ट्रपतिका सल्लाहकार प्यकुरेलले दिए…
  • दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पक्राउ
  • बालबालिकाको शैक्षिक सुधारकालागि बिपन्न बिद्यार्थीलाई ‘एन.बि.आर.को’ सहयोग