कृषकहरुलाई बेमौसमी तरकारीका विउँ वितरण

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली/ दाङ – राप्ती गाउँपालिका वडा नं ७ का कृषकहरुलाई बेमौसमी तरकारी उत्पादनका लागि विउँ उपलब्ध गराईएको छ ।
बड्का सिसहनिया, छुट्की सिसहनिया, जगपुर, अर्नाहनपुर, जितपुर र भानपुर गाउँका कृषकहरुलाई वडा कार्यालयको स्वीकृत कार्यक्रम अनुसार तरकारीका विउँपल शुक्रवार विहान वितरण गरिएको हो । टोलविकास संस्थाका संयोजक मार्फत कृषकलाई उपलब्ध गराउने गरि वडा अध्यक्ष विद्याशरण चौधरीले विउपल वितरण गर्नुभएको छ ।

वडा समिति, टोलविकास संस्थाका संयोजक तथा प्रतिनिधि विच भएको छलफल अनुसार विगतका दिनमा तरकारीका विउपल प्राप्त नगरेकालाई प्राथमीकतामा राखी विउपल वितरण गर्ने निर्णय अनुसार गोभि, सिमी, मुला, गाजर, धनियाको विउँ वितरण गरिएको हो । वडा नं ७ ले कृषकको आयस्तर बृद्धिमा सहयोग पुराउने उदेश्यका साथ यस आर्थिक वर्ष भित्र सिजन अनुसारको आलु, तोरी, गहु को उन्नत विउ निशुल्क, अनुदान र साझेदारीमा वितरण गरिसकेको छ ।