नेपाल जेसीज वर्ष २०२० को लागि राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष पदमा राजेन्द्र घिमिरेको उम्मेदवारी

प्रकाशित मिति:

सबलपोष्ट । बुटवल जेसीजका पुर्व अध्यक्ष तथा नेपाल जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर राजेन्द्र घिमिरेले वर्ष २०२० को लागि कार्यकारिणी उपाध्यक्ष पदको उम्मेदवारी दिनु भएको छ ।  २०७६ पुस ९ देखि १२ सम्म चितवनको रत्ननगरमा रत्ननगर जेसिजको आतिथ्यतामा हुने नेपाल जेसीजको ४६ औं राष्ट्रिय महाधिवेशनका लागि बुटवल जेसीजका तर्फबाट राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष पदमा घिमिरेले उम्मेदवारी दिनु भएको हो ।  पेशाले सनाईज बैंक प्रदेश ५ को प्रमुख रहनु भएका घिमिरे जेसीज अभियानमा विगत १० वर्ष देखि सक्रिय रहदै आउनु भएको छ ।  सन २०१० मा बुटवल जेसीजको सदस्यता लिएर जेसीज अभियानमा जोडिनु भएका उहाँ २०११ मा अन्तर्रा्ष्ट्रिय सेवा निर्देशक, २०१२ मा उपाध्यक्ष, २०१३ मा कार्यकारिणी उपाध्यक्ष, २०१६ मा महासचिव हुँदै २०१७ मा शाखा अध्यक्ष बन्नु भएको थियो । सन् २०१८ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष जस्तो गरिमामय पदमा रहि कार्य सम्पादन गर्नु भएको थियो ।  बुटवल जेसीजको अध्यक्ष हुदाँ पब्लिक स्पिकर बुटवल जस्तो कार्यक्रम सुरु गरि जेसीजलाई युवाहरुमा परिचित मात्र होईन लोकप्रिय बनाउन महत्वपुर्ण भूमिका खेल्नु भएको थियो । उहाँको कार्यकालमा पर्याप्त तालिमहरु भएक थिए ।
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षको रुपमा उहाँले जेसीज अभियानलाई बलियो बनाउन खेल्नु भएको भूमिका सदै प्रशंनिय रहदै आएको छ ।

जेसीजको मर्म र मान्यता अनुरुप उहाँले सञ्चालन गरेका नेतृत्व र व्यक्तित्व विकासका तालिमले नै उहाँको छविलाई माथि पुयाएको जेसीज वृत्तमा चर्चाको विषय बन्ने गरेको छ ।जेसीजसँगै अन्य सामाजिक संघसंस्थामा समेत नेतृत्व सम्हाल्नु भएका घिमिरेको नेतृत्व क्षमता कुशल मान्नुपर्दछ जुन उहाँको कामले सावित गरिसकेको छ । हरेकपल उत्साहित, आत्मअनुशासित, लगनशील र निर्भिक रहने घिमिरे आफ्नो कामप्रति सधैँ संवेदनशिल भएर लाग्ने गर्नु भएको छ ।देशभर जेसीज अभियानलाई प्रभावकारी बनाउन रचनात्मक रुपमा काम गर्ने योजनाकासाथ सन् २०२०को लागि नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणि पदमा उम्मेदवारी दिएको घिमिरेको तर्क छ । स्थानिय तह, प्रदेश सरकार र केन्द्र सरकारसंग सहकार्य गरि विधिको शासनलाई स्थापित गर्न पहल गर्ने उहाँले बताउनु भयो । सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरेको हुदाँ भ्रमण वर्ष सफल बनाउन महत्वपुर्ण भूमिका खेल्ने घिमिरेको भनाई छ ।यस्तै जेसीज तालिम विश्वविद्यालयको रुपमा परिचित रहेको हुदाँ सन २०२० मा अन्तराष्ट्रिय स्तरका तालिमलाई प्राथमिकतादिदै युवाहरुको समग्र विकासकालागि कटिबद्ध रहने उहाँको प्रतिवद्धता छ ।