काँग्रेस तिलोत्तमाले टोल कार्यसमिति गठन गर्ने

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – नेपाली काँग्रेस तिलोत्तमा नगरसमितिले काँग्रेसकाे संशाेधित विधान बमोजिम तिलोत्तमा नगरपालिका भित्रका हरेक टोलमा पार्टीको टोल कार्यसमिति गठन गर्ने भएको छ ।

नेपाली काँग्रेस तिलोत्तमा नगर कार्यसमिति र वार्ड सभापतिहरूकाे आज बसेको संयुक्त बैठकले पार्टीको निर्देशन अनुसार नगरपालिकाका १७ वटै वार्डका विभिन्न टोलमा मंसिर महिना भित्रै टोल कार्यसमिति गठन गर्ने निर्णय गरेको हो । नगरसमितिले टोल कार्यसमिति गठन गर्ने कार्यमा सहजिकरण गर्न आफ्नो कार्यसमिति सदस्यहरुलाइ बिभिन्न वार्डमा प्रतिनिधिको रुपमा खटाएको नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेले बताउनुभयो ।

नगर सभापति हरिलाल पाण्डेको अध्यक्षतामा वसेको बैठकले नेपाल राष्ट्रिय मगर संघकाे जिल्ला सचिवमा निर्वाचित आफ्नो कार्यसमिति सदस्य भाग्यबहादुर काउचालाइ बधाई ज्ञापन गर्नुका साथै पार्टीको भावि योजना तय गरेको छ ।