हिमचुलीको खुत्रुके बचत योजना

प्रकाशित मिति:

भैरहवा – बालबालिकाहरुमा बचत गर्ने बानीको विकास गर्ने उद्देश्य सहित भैरहवामा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले खुत्रुके बचत योजना सार्वजनिक गरेको छ ।  संस्थामा रहेका शेयर सदस्यहरुको बालबालिकामा बचत गर्ने बानीको विकास गर्न र संस्थाको बचत अभिवृद्धि गर्ने उद्देश्य सहित योजना ल्याईएको छ । योजना अन्र्तगत प्रथम चरणमाक करिब ५ सय वटा खुत्रुके वितरण गरिने संस्थाका अध्यक्ष बसन्त कुमार लाल कर्णले जानकारी दिए । यसरी बितरण गरिएको सबै खुत्रुकेको एउटै साँचो रहेको र त्यो पनि सहकारीको कार्यालयमै रहनेछ ।

मासिक रुपमा खुत्रुके सहकारीको कार्यालयमा ल्याई त्यही खोलिने र जम्मा भएको रकम बचत खातामा जम्मा गरिनेछ खुत्रुके बचत योजना अन्र्तगत जम्मा भएको बचतमा संस्थाले १० प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।  संस्थाका अध्यक्ष कर्णले अन्य बचत भन्दा खुत्रुके बचत योजनामा १ प्रतिशत बढी ब्याज प्रदान गरिने जानकारी दिए । अहिलेलाई ५ सय वटा मात्र बितरण गरिए पनि यसको आवश्यकता हेरी माग अनुसार बढाउन सकिने कर्णले बताए । शुक्रबार संस्थाको बैठकले खुत्रुके बचत योजना सहित सहकारीलाई सामाजिक सुरक्षा कोषमा दर्ता गराउने लगायतका निर्णयहरु पारीत गरेको संस्थाका सचिव अम्बिका तिवारीले जानकारी दिए ।

सहकारीको स्थापना दिवसको अवसर पारी पुषको ८ गते बृहद रक्तदान गर्ने र यसमा प्रत्येक शेयरले रक्तदाता पठाउन सहयोग गर्न अनुरोध गर्ने निर्णय समेत गरिउको छ ।  सिद्धार्थनगर ७ भैरहवामा प्रधान कार्यालय रहेको हिमचुली बचत तथा ऋण सहकारी सस्था लिमिटेडले १० लाख सम्मको दुर्घटना बिमा, २ लाख २५ हजारको जिवन बिमा, १ लाखको मेडिकल बिमा लगायतको सुविधा प्रदान गरेको छ । २०६४ सालमा स्थापना भएको सहकारीमा ७ सय जना शेयर सदस्य रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक अनुराग गुप्ताले जनाए ।