अस्पतालमा वसेर सरकार चल्न सक्दैन,अव नेतृत्व परिवर्तन हुनुपर्छ : पूर्व उपप्रधानमन्त्री श्रेष्ठ

६ मंसिर २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
74 Shares


एशिव शरण महत/स्याङ्जा – नेपाली कांग्रेस भीरकोट नगरकार्य समिति द्धारा वयरघारीमा आयोजीत कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले अस्पतालको वेडमा वसेर वर्तमान सरकार चल्न नसक्ने वताउनु भएको छ । महिनौ दिन सम्म विरामी भई देशको प्रधानमन्त्री अस्पताल वस्नुपर्ने भएसी नेपाली जनताले ठूलो वलिदान गरी ल्याएको संविधानलाई कार्यान्वयनमा ल्याउन गाह्रो हुने भएकाले सरकारको नेतृत्वमा परिवर्तन गरी दुई तिहाइको सरकारले गफमा भन्दा पनि विकासमा चमतकारी ल्याउन पर्ने अवस्था आएको श्रेष्ठले वताउनुभयो ।

साथै श्रेष्ठले चुनावमा हार जित हुनु स्वभाभिक भएको भन्दै कार्यकर्तालाई विचलीत नभई सङ्गठन विस्तारमा लाग्न आग्रह गर्नु भयो । स्थानीय चुनावमा मान्छे मन नपरेसी टाउको हराउने पद्धती राम्रो नभएको भन्दै गल्ती कमिकमजोरी लाई सुधार गरी सवै एक ढिक्का भएर अघी वढ्नुपर्ने श्रेष्ठले वताउनुभयो । जनप्रतिनिधि आएको छोटो समयमानै भीरकोटको विकास देख्दा आफु हर्षित भएकोले भीरकोटको विकास निर्माणमा सधै कटिवद्ध रहेको भन्दै अव छिमेकी पालिकाहरुले पनि अनुशरण गर्नुपर्ने समेत श्रेष्ठले वताए ।  कार्यकर्ता भेटघाट कार्यक्रममा भीरकोटको वागडोर समाली रहनुभएका नगर प्रमुख छायाराम खनालले विकास निर्माणमा सवै नगरवासीको साथ र सहयोगको आवश्यक रहेको भन्दै आफ्नो कार्यकाल सम्म नगरपालिकाले सेवाग्रहीलाई दिनुपर्ने हरेक सेवा,सुविधा प्रदान गरी समृद्ध र देशकै नमूना योग्य नगर वनाउने वताउनु भयो ।

सर्मग्र नगरको विकासको लागी अहिले सम्म कसैलाई पछपात नगरी समान व्यवहार गर्ने गरेको समेत खनालले वताए ।  नेपाली कांग्रेस भीरकोट नगरकार्य समिति द्धारा आयोजीत कार्यकर्ता भेटघाट कार्यक्रममा नगर उप प्रमुख सिमा केसी कर्माचार्य,क्षेत्र वहादुर थापा,भक्क्त वहादुर केसी,नर वहादुर राना,नुवादत्त अर्याल, चिन्तामणी चापागाई र कुदरत अलि लगायतले काग्रेसमा हुने गरेको गुटवन्दी केन्द्र देखीनै सुधार भई तल्लो लेवलमा पनी सुधार हुनुपर्ने भन्दै काग्रेसले गरेका कामहरुको प्रचाप्रसार गर्दै अव गाउँगाउमा सङगठन विस्तारमा लाग्नु पर्ने वताए ।  नेपाली काग्रेस भीरकोट नगर कोषाध्यक्ष जगदीस कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रमको संचालन नेपाल तरण दल क्षेत्रीय अध्यक्ष दिपेन्द्र केसीले र स्वागत नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि नशिवदिन मिँयाले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • प्रदेश २ कै नमुना ह्याच्री उधोग सिरहाको लहानमा संचालन
  • कर्णाली प्रदेशमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न
  • शनिदेबको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • स्व.वि.यु विहिन क्याम्पस बनाउन सरकार नै लाग्यो : महामन्त्री पाण्डेय
  • सभापति श्रेष्ठको निधन प्रती भरत कुमार शाहद्वारा दुख व्यक्त 
  • रोट्रयाक्ट डाउनटाउनको साप्ताहिक कार्यक्रम
  • शाइन रेसुंगा बैंक सामाजिक कार्यमा सक्रिय: बनाइदियो मन्दिरमा ट्रष्ट
  • बर्दघाट खानेपानीका नव निर्वाचित पदाधिकारीहरुले लिए सपथ 
  • गुल्मीको धुर्कोटमा बेवारिसे शव फेला
  • शैक्षिक ईज्यत जोगाउने चोली ‘संस्थागत विद्यालय’ लाई विभेद नगर्न राज्यलाई…