गैडहवाका किसान अनुदान पाएपछी मक्ख : भन्छन उत्पादन बढ्ने लक्ष्य लिएका छौ

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल –  रुपन्देहीको गैडहवा गाउँपालिकाले हिउंदे बाली उत्पादनमा बृद्धि गर्नका लागि किसानलाई हाईब्रिट जातको बिउ वितरण गरेकोे छ । किसानलाई अनुदानमा गंहु, तोरी , मसुरोको बिउ वितरण गरिएको गाउंपालीकाका कृषि शाखा प्रमुख नैनबहादुर यादवले बताए । यहांको १ लाख हेक्टर जमिन खेतीयोग्य छ, यसमा प्रशस्त मात्रामा उत्पादन गराउन अनुदानले सहयोग हुनेछ , उनले भने । गाउंपालिकाले किसानलाई ८९ क्विन्टल गहुं ,११ क्विन्टल मसुरो र ११ क्विन्टल तोरीको बिउ ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।

वर्षेनी करिब १ लाख ६० हजार मेट्रिक टन गहुं खेती हुंदै आएको गैडहवामा वाणगंगा र विजयी जातको गहुंको बिउ किसानलाई गाउंपालिकाले उपलब्ध गराएको हो । गाउंपालिकामा ८० हजार हेक्टरमा गंहु , १० हजारमा तोरी र ५ हजार हेक्टर जमिनमा मसुरो खेती हुंदै आएको यादवले बताए ।

करिब ९७ प्रतिशत नागरिक कृषिमा निर्भर रहेको गाउंपलिकाको मुख्य आयस्रोत कृषि नै रहेको गाउंपालीका प्रमुख बच्चुलाल केवटले बताए । किसानले कृषिमा अनुदानको माग गरेपछि गाउंपालिकाले सहजै किसानलाई २० किलोको दरले बिउ वितरण गरेको हो, उनले भने । उनका अनुसार गाउंपालीकाले उत्पादनमा दोब्बर बुद्धि हुने लक्ष्य राखेको छ ।