मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन -‘जनभावनाअनुसार काम गर्नुस्’

प्रकाशित मिति:

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई जनभावनाअनुसार काम गर्न निर्देशन दिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई सिंहदरबारमा स्वागत गर्दै ओलीले गएको चौमासिकमा सरकारले अपेक्षा अनुरुप काम गर्न नसकेको स्वीकार गर्र्दै चार महिना भित्र काठमाडौं उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका छन् । उनले भने, ‘काठमाडौंको बाटोमा खाल्डो छ भनेर गीत सुनियो । सारंगी बज्छ । तर काम भएको छैन । अबको चौमासिक भित्र सबै खाल्डो पुरिनुपर्छ ।

एउटा मन्त्रालयले बनाउने अर्कोले भत्काउने गर्नु भएन । सबैले समवन्य गरेर काम गर्नुपर्योे ।’ केही महिना अगाडी सडकमा धुलो उडेको बताउँदै सरकारको विरोध गर्न मास्क लगाएर हिँडेको उनले बताएका थिए । आज भने ओलीले सडकमा धुलो उडेको स्वीकार्दै भने, ‘निर्माण कार्य हुने स्थानमा धुलो छ । तर, निर्माण कार्य नभएको स्थानमा कसरी धुलो उडिरहेको छ ? गएको चार महिनामा हामीले ५० प्रतिशत काम पनि गर्न सकेनौं । अब चार महिनामा त्यो भन्दा धेरै काम गर्नुपर्छ ।’ उनले मन्त्रीलाई पैसा कमाउने धन्दामा बद्नामी नकमाउन निर्देशन दिए ।