अब पुरुषका लागि गर्भनिरोध इन्जेक्सन

प्रकाशित मिति:

एजेन्सी – अब अनिच्छित गर्भ रहने भय टार्नका लागि पुरुषको भूमिका पनि अहंम् हुने भएको छ । किनभने अनिच्छित गर्भ रोक्नका लागि पुरुषले पनि इन्जेक्सन प्रयोग गर्न सक्नेछन् । हुन त यौन सम्पर्कका क्रममा कण्डोम लगायत प्रयोग गरेर पनि अनिच्छित गर्भलाई टार्न सकिन्छ । यद्यपि पछिल्लो समय भने पुरुषले गर्भनिरोधक इन्जेक्सन प्रयोग गर्न सक्नेछन् । यसको मेडिकल परीक्षण सफल भएको डेली मेल को एक रिपोर्टमा उल्लेख गरिएको छ । यस इन्जेक्सन तयार गर्नुको उदेश्य पुरुषमा गरिदै आएको नसबन्दीको पुरानो तरिका रोक्नु हो ।

भारतिय वैज्ञानिकहरुले उक्त इन्जेक्सन तयार गरेका हुन् । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका वैज्ञानिकले गर्भनिरोधक इन्जेक्सनबारे खोज गरिरहेका थिए । उनीहरुले उक्त इन्जेक्सनलाई तीन चरणको मेडिकल परीक्षण गराएका थिए, जसको नतिजा सकारात्मक रह्यो । वैज्ञानिकका अनुसार उक्त परीक्षणका लागि तीन सय व्यक्तिलाई सामेल गराइएको थियो । उनीहरुमा यसको कुनै पनि साइड इफेक्ट देखिएन ।

क्लिनिक ट्रयल ९७ प्रतिशत सफल रहेको बताइन्छ । यस सोधमा सामेल आईसीएमआरका सीनियर वैज्ञानिक डा. आर एस शर्माका अनुसार यस इन्जेक्सनको सक्सेस रेट ९७ दशकमलव ३ प्रतिशत थियो । उक्त इन्जेक्सन पुरुषको पेट वा जांघको बीचमा लगाइनेछ । यो इन्जेक्सन भारत मात्र नभई विश्वकै पहिलो पुरुष गर्भनिरोधक हुनेछ, जो नसबन्दीको उक्तम विकल्प हो ।