नारायणी गण्डकी साधारण तथा संस्कृत माविको स्वर्णजयन्ती समारोह सम्पन्न

प्रकाशित मिति:

त्रिवेणी/नारायणी गण्डकी साधारण तथा संस्कृत मावि विनयी त्रिवेणी ६ त्रिवेणीधामको आयोजनामा संचालन भइरहेको श्रिमद्भागवत सप्ताह पुराण एवं धनधन्याञ्चल ज्ञान महा यज्ञको छैठौं दिन एवं विद्यालयको स्वर्णजयन्ती समारोह शुक्रबार सम्पन्न भएको छ । विद्यालय व्यस्थापन समितीका अध्यक्ष एवं स्वर्णजयन्ती समारोह मुल समितीका अध्यक्ष पित बहादुर गुरुगंको अध्यक्षतामा कार्यक्रम सम्पनन भएको हो । सो अवसरमा प्रमुख अतिथि समेत रहनुभएका विनयी त्रिवेणी गाउपालिकाका अध्यक्ष डम्बर बहादुर जीसिले शिक्षाको ज्योतिलाई फैलाउने कार्यमा विद्यालय को महत्वपुर्ण भुमिका रहेको बताउदै विनयी त्रिवेणी गाउपालिकाले शिक्षा क्षेत्रमा ठुलो धनराशि खर्च गर्दै भौतिक पुर्वाधारका साथै गुणात्मक शिक्षा प्रवाहको लागि गाउपालिकाले आफ्नो मातहतका सामुदायिक विद्यालयहरुलाई अझ बढि सुविधा सम्पनन बनाउने जीकिर गर्नुभयो ।

स्वर्ण जयन्ती समारोहमा शिक्षक महासंघ नवलपुरका अध्यक्ष मोहन लाल कलवार , पुर्व शिक्षक यज्ञ प्रसाद न्यौपाने, पुर्व प्रअ हरि प्रसाद घिमिरे, विद्यालयका संस्थापक प्रअ गौरि नन्दन मलिक,पुर्व विद्यार्थी सिता मुडधरी लगायतले विद्यालयको विविध पक्ष माथि प्रकास पार्नु भएको थियो । विद्यालयका प्रअ दिनेश कुमार पाण्डेले विद्यालयको गसितविधिका साथै आयव्यय पनि प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा चन्दादाता,विद्यालय व्यस्थापन समितीका पुर्व अध्यक्ष, विद्यालयमा योगदान पुर्याउने विशिष्ट व्यक्तिहरुलाई कदर पत्र सहित सम्मान गरिएको आयोजकले जानकारी दिइएको छ । सोहि अवसरमा विनयी त्रिवेणी गाउपालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्रअहरुको बैठक पनि त्रिवेणीमा सम्पन्न भएको छ । दिपेन्द्र मावि सरदिबगैचाका प्रअ राजु जििसको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले गुणात्मक शिक्षालाई प्रभावकारी ढंगबाट अगाडी बढाउन सवै विद्यालय सक्रियताका साथ अगाडी बढनुपर्ने निर्णय भएको पनि जानकारी प्राप्त भएको छ ।