पत्रकारद्वय शिवाकोटी र भण्डारीलाई कानुन पत्रकारिता पुरस्कार

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – पत्रकारद्वय अजयबाबु शिवाकोटी र जीवन भण्डारी पुरस्कृत भएका छन्। नेपाल प्रेस युनियनका महासचिव शिवाकोटी र युनिमीका महासचिव जीवन भण्डारीलाई पाेखरामा सम्मान तथा पुरस्कृत गरिएको हाे । डेमोक्र्याटिक लयर्स एशोसिएशन डिएलएले आफ्नो बार्षीक साधारणसभाको अवसरमा पत्रकारद्धय शिवाकोटी र भण्डारीलाई सम्मान सहित पुरस्कृत गरेको हो ।

हाम्रा कुरा डटकमका प्रधान सम्पादक समेत रहनु भएका शिवाकोटी र राष्ट्रिय समाचार समिती [रासस] का उप–सम्पादक भण्डारीलाई कानुन र न्यायको क्षेत्रमा पत्रकारिता मार्फत महत्वपुर्ण योगदान पुर्याएकाले सम्मानित तथा पुरस्कृत गरिएको डिएलएकी महासचिव लक्ष्मी दाहाल रावलले जानकारी दिनुभयो । पोखरामा शुक्रवार आयोजित डिएलएको बार्षिक साधारणसभाका अवसरमा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले पत्रकार शिवाकोटीलाई कानुन पत्रकारीता सम्मान तथा भण्डारीलाई क्रियासिल युवा न्यायिक पत्रकारिता पुरस्कार प्रदान गर्नु भएको हो ।

साधारणसभाामा देशभरबाट डिएलएका प्रतिनिधीहरु सहभागी थिए । साधारणसभाले पोखरा धोषणा पत्र समेत जारी गरेको डिएलएका उपाध्यक्ष राजु कटुवालले जानकारी दिनुभयो । प्रजातन्त्रवादी कानुन व्यवसायीहरुको संगठन डिएलएको स्थापना विस २०४७ मा वरिष्ठ कानुनविद् स्व लक्ष्मण प्रसाद अर्यालको नेतृत्वमा भएको थियो ।