२ पटक मन्त्री भए तर पाएनन डेरा , खोजिदिन गरे आग्रह

६ मंसिर २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
155 Shares

File Image

काठमाडौं – काठमाडौंमा कोठा पाउँन कति समस्या छ भन्ने पछिल्लो उदाहारण फेला परेको छ । दसई पटक शक्तिशाली मन्त्रालय पाएका व्यक्तिले नै कोठा पाउँन सकेका छैनन । बुधबार मन्त्रिमण्डल पुनर्गठनका क्रममा बर्खास्तीमा परेका मन्त्रीहरुलाई कोठा पाउन समस्या भएको हो । काठमाडौंमा घर हुनेहरुले बिहीबारै मन्त्रीक्वाटर छाडेपनि नहुनेहरु भने कोठा खोज्नमा व्यस्त देखिएका छन् । कोठा नपाउनेहरुले आफन्त र इस्टमित्रहरुलाई कोठा खोज्न हारगुहार गरेपनि नपाएकाले मन्त्री क्वार्टर पुल्चोकमै बस्नु परेको छ ।

मन्त्री पद गुमेपछि ललितपुरस्थित मन्त्री क्वाटरमा बिहीबारै आफ्ना सामान पोको पारेर बस्नु भएका निवर्तमान सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आजसम्म कोठा पाउँनु भएको छैन । पण्डित संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीबाट अन्य आठमन्त्रीसँगै जिम्मेवारीबिहीन हुनु भएको हो । उहाँले फ्ल्याट नभेट्दा मन्त्री क्वाटर छाड्न नसकेको भन्दै सहयोग गर्न सबैसाग अपिल गर्नुभएको छ । आफुले बुधबार देखि नै कोठा खोज्न थालेको भए पनि भेट्न नसकेको उहाँले पिडा पोख्नुभयो । आफुले ५० जनाजति मान्छेलाई भने पनि उपयुक्त स्थानमा फ्ल्याट नपाइएको उहाँले जानकारी दिनुभयो ।

डेराको व्यवस्था हुने बित्तिकै क्वाटर छोड्ने मनस्थितिमा रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । भेटिएका ठाउमा पनि पानी, बत्ती लगायतको समस्या भएको सुनाउनुभयो । आफुले मासिक २० हजारसम्मको फ्ल्याट खोजेको मन्त्रि पण्डितले जानकारी दिनुभयो । बिहीबारबाट पण्डितले सम्हाल्दै आएको मन्त्रालय हृदयश त्रिपाठीले सम्हाल्नु भएको छ । पण्डित परिवार बस्दै आएको क्वाटरमा त्रिपाठी सर्ने तयारीमा हुनुहुन्छ । मण्डितको परिवारमा श्रीमती विमला महत ‘पण्डित’ र छोरी अर्चना पण्डित रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया