बाग्लुङमा नेकपाको गयो पहिरो ,१०० भन्दा बढी कार्यकर्ता कांग्रेसमा लाए ओइरो

प्रकाशित मिति:

 कृष्ण सिटौलाशंकर भण्डारीले गरे भब्य स्वागत 

बाग्लुङ – बाग्लुङमा ठुलो संख्यामा नेता-कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बागलुङको निसिखोला गाउँपालिका–७ राजकुटमा १०० जना भन्दा बढी  नेपाली कांग्रेसका प्रवेश गरेका छन् । उपनिर्वाचनमा बागलुङ क्षेत्र नं २ (ख) मा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका जितबहादुर शेरचनको चुनावी सभामा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य शंकर भण्डारीले संयुक्तरूपमा साधारण सदस्य,टीका र माला लगाई प्रवेश गराएका हुन्। परित्याग गरि कांग्रेसमा प्रवेश गर्नेमा नेकपा,जनमोर्चा र राप्रपाका स्थानीय नेता–कार्यकर्ता रहेका रहेका छन् ।