उदघाटन खेलमा नवजिवन विजयी

प्रकाशित मिति:

रुपन्देही /रुपन्देहीको तिलोत्तमा–१४ बाग्धुरा देवीनगरमा शुक्रवार देखि तेस्रो सन्जिवनी नक आउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा भएको खेलमा नवजिवन टिकुलीगढ युवा क्लब विजयी बन्यो । उसले फर्साटिकर युवा क्लबलाई ३ -० गोलले पछि पारी खेल जितेको हो । रुपन्देहीका १६ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले १ लाख रुपैयां सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै द्धितीयका लागि नगद ५० हजार रुपैयां पुरस्कार राखिएको क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले बताए । खेलमा उत्कृष्ट खेलाडी र अन्य विधामा समेत पुरस्कार राखिएको उनले बताए । प्रतियोगिता अन्तर्गत शनिवार योङस्टार मडाहा र न्यु युवा क्लब ढुसुवा बीच प्रतिष्पर्धा हुनेछ ।