शनिदेवको पुजा आराधना,शनि शान्तिको सजिलो उपाय

६ मंसिर २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
1K Shares


तपाईको शनि ग्रह कमजोर छ वा शाढ़ेसाति र अढईया शनि दशाको प्रकोप परेको छ भने पिपलको रुखमा जल चढाउदा शुभफल मिल्छ भन्ने हाम्रो शास्त्रीय मान्यता रही आएको छ,शनिको केहि घुमाउरो सम्बन्ध भएतापनि पिपलको रुखमा जल चढाउदा केहि सकारात्मक असर अबस्य पर्ने देखिन्छ,हाम्रो धार्मिक आस्था र बिस्वासको आधारमा पिपलको रुखमा जल चढाउनु फलदायी मानिन्छ र गरि आइएको पनि छ ।lपिपलमा जल चढाउदा पालना गर्नु पर्ने नियमहरु– शनिबारको दिन बिहान नुवाई धुवाई गरि सकी शुध्द भएर जल चढाउनु पर्छ ।

– सुर्योदय भन्दा २ घडी (४८ मिनेट) पहिले जल चढाए मात्र बताइको शुभ फल मिल्दछ ।– तामाको कलश वा अन्खौरा बाट देबतीर्थबाट (हातको औलाको टुप्पोबाट झर्ने गरि) पिपलको फेदमा पर्ने गरि पुर्ब तर्फ फर्किएर चढाउनु पर्छ ।– जल चढाई सके पछी पिपलको रुखलाई ढोग्ने, हेर्ने वा छुने गर्नु हुदैन ।– जल चढाउदा बैदिक वा तान्तिक मन्त्र पढ्दै आफ्नो राशिको नाम र गोत्र स्मरण गर्नु पर्दछ ।जल चढाउदा भनिने तान्त्रिक मन्त्र-मूलतो ब्रम्हरुपाय मध्यतो विष्णुरुपिणे । अग्रतः शिवरुपाय अश्वत्थाय नमोनमः ।।

फेसबुकबाट तपाईको प्रतिक्रिया