राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल,कोरिया शाखाको अधिवेशन तयारी तिव्र

प्रकाशित मिति:

रमेश वि.क.  । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल, कोरिया शाखा पहिलो अधिवेशनको तयारीमा जुटेको छ । हाम्रो लोक दोहोरी हाम्रो शान  प्रवासमा नेपालीहरुको छुट्टै पहिचान” यसै नारालाई आत्मसात गर्दै विदेशमा रहनुहुने नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा केहि हदसम्म खुसि दिने र नेपाली विच आत्मीयताको साटासाट गर्दै नेपाली लोक दोहोरीलाई विदेशमा चिनाउने प्रयत्नका साथ स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोरिया शाखाले आफ्नो पहिलो अधिवेशनका लागी सम्पूर्ण तयारी पुरा गरीसकेको आयोेजकले बताएको छ । नेपाली गीत संगीतको दक्षिण कोरिया स्थित अग्रणि संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल विदेश शाखा दक्षिण कोरियाले २०१८ सेप्टेम्बर २३ तारिखमा तय गरेको यो अधिवेसन यस सस्थांको एतिहासिक पहिलो अधिवेशन हो । कोरिया बासी सम्पूर्ण नेपालीहरुलाई लोक गीत संगीतको माध्यमबाट एकै ठाँउमा समेटी कोरियामा नेपालको लोक गीतको माध्यमबाट राष्ट्रिय पहिचानलाई अभिव्यक्त गर्ने र नेपालीहरु जहाँ भएपनि आफ्नो मातृभूमिको कला र सँस्कृतिको सम्मान गर्दछन  आफ्नै सँस्कृतिको सम्मानमा गौरव ठान्दछन भन्ने सन्देश विदेसमा फैलाउने मुख्य उद्देश्य रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल  कोरिया शाखाले बताएको छ । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल, कोरियाका बरिष्ठ उपाध्यक्ष तथा विदेश विभाग प्रमुख सर्जक रमेश वि.जी.को प्रमुख आतिथ्यतामा अधिवेसन हुने अधिबेसन आयोजक समितिका संयोजक जितन भाई श्रीशले जानकारी दिएका छन । साथै उक्त अधिवेसनमा जापान शाखाका बरिष्ठ सल्लाहकार रामकृष्ण बम मल्ल राष्ट्रिय स्तरका चर्चित कलाकारहरु राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका द्वितिय उपाध्यक्ष रामजी खाण ,केन्द्रिय सदस्यहरु शिब हमाल  राजन गुरुङ लगाएतका कलाकारहरुको उपस्थितीमा अधिबेसन सम्पन्न हुने संस्थामा कार्यरत चर्चित गाएक सर्जक सि.पी.मगरले जानकारी दिएका छन । सांस्कृतिक धमाकाको साथमा सम्पन्न गर्न लागिएको अधिवेशन कोरियाको सउल स्थित रेल लाईन नम्बर ५यउईदो स्टेसन गेट नम्बर ३ , दुर्गा रेष्टुरेण्टको दोस्रो तला सभाहलमा आयोजना गरिएको पनि आयोजक समितिले बताएको छ । आगामी सेप्टेम्बर २३ तारिखका दिन कोरियामा रहेका सम्पूर्ण नेपाली लोक तथा दोहोरी गीत सँग सम्बन्धित साथै त्यंहा स्थीत अन्य नेपाली संघ सस्था ,बुद्धिजिवी, व्यापारी,विद्यार्थी लगाएत सम्पूर्ण कोरियामा रहनुभएका नेपाली महानुभावहरुलाई उक्त अधिबेसनमा उपस्थित भईदिनको लागि अपिल गरेको समेत राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल, कोरिया शाखाका नेपालका लागि सुचना ब्यावस्थापक सुर्य प्रसाद खनालले जानकारि दिएका छन ।