२०१९ को रिपोर्ट अनुसार नेपाल शान्तिका देशहरुमध्ये ७६ स्थानमा

७ मंसिर २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – दुई छिमेकी मुलुकलाई पछि पार्दै नेपालले विश्वका १६३ वटा शान्तिका देशहरुमध्ये ७६ स्थानमा आइपुगेको छ । नेपालले पहिलेभन्दा १२ स्थान सुधार गर्दै ७६ स्थानमा आइपुगेको हो ।‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ (आईईपी) का अनुसार देशमा जारी घरेलु र अन्तर्राष्ट्रिय लडाईँ, समाजिक सुरक्षाको अवस्था, आतङ्कवाद् , सैनिकीकरणको स्तरलगायतका विभिन्न २३ वटा आधारमा मूल्याङ्कन गरि सूचित गरेको हो ।२०१९ को रिपोर्टमा अनुसार ८६ देशहरुमा सुधार आएको छ भने ७६ राष्ट्रहरुको शान्ति अवस्था खस्कँदै गएको देखाएको छ । विश्व शान्तिको सूचीमा आइसल्यान्ड पहिलो स्थान कायमै छ भने अफगानिस्तान अन्तिम स्थानमा छ ।

उसको प्रतिवेदन अनुसार अनुसार आइसल्यान्डमा प्रति एकलाख मानिसमा वार्षिक १८ हत्या मात्र हुने गरेको छ । दोस्रोमा न्यूजील्यान्ड रहेको छ भने पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिंगापूर, स्लोभेनिया, जापान र चेक रिपब्लिक क्रमशः शीर्ष दशमा छन् ।स्वीट्जरल्यान्ड ११ मा छ भने एसियाबाट भूटान १५ र मलेशिया १६ ताइवान ३६ मा, इन्डोनेशिया ४१ मा त्यस्तै दक्षिण कोरिया ५५ मा र श्रीलंका ७२ स्थानमा छन् ।दक्षिण एसियामा भूटान र श्रीलंका पछि नेपाल तेस्रो सबैभन्दा शान्तिपूर्ण देश हो । नेपाल शान्तिको मध्यम स्तरमा रहेको छ । भारतलाई भने अशान्तपूर्ण वर्गमा राखिएको छ जुन यो वर्ष चार स्थान तल १४१ मा पुगेको हो ।त्यस्तै पाकिस्तान पनि २ स्थान तल १५३ मा रहेको छ । चीन पनि नेपालभन्दा तल ११० औँ स्थानमा छ । अमेरिका पनि अशान्त देशको सूचीमा छ । अमेरिका चार स्थान तल झर्दै १२८ स्थानमा पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया