दुई तिहाईको सरकारले अव जनताको हरेक आवश्यता परिपुर्ती गर्छ :प्रचण्ड

प्रकाशित मिति:

कौरव खत्री /बागलुङ आगामि मंसिर १४ गते हुने उपनिर्वाचनको सन्दर्भमा वाम गठवन्धनले चुनावी सभा बुर्तिबाङमा सम्पन्न गरेको छ ।
आयोजित सभालाई नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दे नेपाल अव विकासको दिशामा अगाडी बढिसकेको बताए । दुई तिहाई बहुमतको नेकपा सरकारले जनताका आवश्यतालाई आधार मान्दै गाउँदेखि शहरसम्म विकासको लहर आइसकेको बताए । पार्टी एकतापछि कार्यविभाजन र आन्तरीक समस्यालाई पार लगाईसकिएको बताउँदै अवका दिनमा थप उचाइका साथ देशले मुहार फेर्ने बताए । पार्टीको जिम्मेवारी मलाई र सरकारको जिम्मेवारी प्रधानमन्त्रि केपी ओली जिले लिइसकेका कारण अव आ–आफनो जिम्मेवारीमा अडिग भएर लाग्ने प्रतिबद्धता जनाउँदै वर्तमान अवस्थामा नेपाल भारत सिमाको बिषयमा भएको समस्यालाई समाधान गर्न सरकारले सर्वदलीय, सर्वपक्षिय छलफल मार्फत अगाडी बढिसकेको बताउँदै आफनो देशको सिमाना एकइन्च पनी मिच्न नदिने गरी कदम अगाडी बढाइने बताए ।

फरक प्रसँगमा बोल्दै दाहालले भने आगामि मंसिर १४ गतेको उपनिर्वाचनलाई सफल पार्न र गठवन्धका उमेद्वारलाई विजयी गराउन सबै नेता कार्यक्रता एक धिक्का भएर अगाडी बढ्न आग्रह गर्दे बागलुङ जिल्लाको विकास र समृद्धिमा आफुले थप कदम अगाडी बढाउने बताए ।ढोरपाटन हाईड्रो निर्माणमा केहि ढिलाई भइरहेका कारण अव तत्काल प्रधानमन्त्री सँग छलफल गरी अगाडी बद्ने, अर्नाकोट एर्यरपोर्ट, सालझण्डी ढोरपाटन सडक निर्माण, मध्यपहाडी लोकमार्ग कालोपत्रे जस्ता महत्वपूर्ण विकासलाई अगाडी बढाईने प्रतिबद्धता जनाए ।यसैगरी राष्ट्रिय जनर्मार्चाका अध्यक्ष चित्रबहादुर केसीले बिशिष्ट अतिथिको रुपमा सम्बोधन गर्दे निर्वाचनलाई सफल पार्न आफनो दल र नेकपा सँग यसपटक पनी विभिन्न स्थानमा तालमेल गरीएको बताउँदै तालमेलबाट साझा उमेद्वार खिमबिक्रम शाहीलाई विजयी गराउन दुई पार्टीका नेता कार्यक्रता एक भएर लाग्न आग्रह गरे । एक आपसमा तालमेल गरेर मात्रै ठुलो बिषय नभएका कारण त्यसलाई कार्यान्यन गर्नु आवश्य रहेको बताउँदै यसक्षेत्रमा दुई दलको सहयोग र सहकार्य मजबुद रहेको बताए ।

उनले थप बोल्दै भारतले नेपालमा जमाउन खोजेको कब्जा आफुहरुलाई सह््य नभएको बताउँदै देशको अस्तित्व बचाउन सबै नेपाली एकबद्ध भएर लाग्नुपर्ने बताए । कार्यक्रमा नेकपा महासचिव विष्णु पौडेलले सम्बोधन गर्दे पश्चिम बागलुङका जनताको माग बागलुङ जिल्लालाई खण्ड बनाउनु पर्ने बिषय आफुहरुलाई विगत देखि जानकारी रहेको बताउँदै जनताको आवश्यकता र मागलाई आफुहरुले थप छलफल र बहसबाट अगाडी बढाउन सकिने बताए । दुई पार्टीको सहकार्यले यसक्षेत्रको निर्वाचन जित्न कुनै समस्या नरहेको बताउँदै वाम गठबन्धनलाई थप मजबुद बनाउन थप मिहिनेतका साथ निर्वाचनमा जुट्न अपिल गरे । कार्यक्रममा उमेद्वार खिमबिक्रम शाहिले बोल्दै स्वर्गिय सांसद टेकबहादुर घर्तिको सपना पूरा गर्न आफु प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए । त्यसैगरी वागि उमेद्वार दिएर पुनह वाम गठवन्धनमा फर्कनुभएका शेरमान घर्तिले बोल्दै आफनो माग र यस क्षेत्रका जनताको साझा माग खण्ड जिल्ला रहेका कारण त्यसको कार्यान्यमा जान पार्टी नेताहरुलाई अपिल गरे । कार्यक्रम नेपपा जिल्ला अध्यक्ष अमरबहादुर थापाको अध्यक्षता, ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीको स्वागत, ज्ञामनाथ गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।