नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल युरोप भ्रमणमा

प्रकाशित मिति:

काठमाडौँ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल युरोप भ्रमणमा निस्केका छन्। पौडेलले शनिवार देखी करिब दुई साता लामो युरोप भ्रमण गर्न लागेको युवा जागरण अभियान नेपालका संयोजक चिन्तन पौडेलले जानकारी दिए।

नेपाली जनसम्पर्क समिति पोर्चुगलको आयोजनामा १०५औँ बिपी जयन्तीका अवसरमा हुन गएको ‘नेपालको सङ्घीयता कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका’ विषयक कार्यक्रममा भाग लिन उनी शुक्रबार साँझ युरोप प्रस्थान गरेका हुन ।

पौडेल युरोप स्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिहरुद्धारा आयोजित बिभिन्न अन्तरकृया कार्यक्रममा सहभागी हुने भएका छन्। नेता पौडेल युरोप बस्दा पार्टीका कार्यकर्ता र विभिन्न जनसम्पर्क समितिका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

नेता पौडेल बेल्जियम, लग्जेम्वर्ग, फ्रान्स, पोर्चुगल, स्पेन, स्विजरल्यान्ड, जर्मनी र नेदरल्यान्ड लगायतका देशमा जनसम्पर्क समितिले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्। पौडेलले बेल्जियम स्थित युरोपियन युनियनका उच्चअधिकारी र स्विजरल्यान्ड स्थित सरकारी पदाधिकारीसंग पनि भेटघाट गर्ने कार्यक्रम तय गर्न लागिएको बुझिएको छ। नेता पौडेल असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ।