गाउँमै आँखाको सफल शल्यक्र्रिया, पुनर्जीवन पाएकोमा वृद्धवृद्धाहरुमा खुसी

प्रकाशित मिति:

रमेश विश्वकर्मा/गुल्मी- जिल्लाको मालिका गाउँपालिकाको केन्द्र अर्खवाङ्गमा बुधबार बिहानैदेखि धेरैको भिड थियो । भिडमा ३५ वर्ष देखी ९२ वर्ष सम्मका वृद्धवृद्धाहरु सहभागी थिए । कारण थियो, मालिका गाउँपालिकाले अर्खबाङ्गमा सञ्चालन गरेको दुई दिने निःशुल्क आँखा अप्रेशन शिविरमा चेक गराउने ।
आँखामा कालो चस्मा लगाएका उनीहरुले आँखालाई सुरक्षित राख्न स्वास्थ्यकर्मीहरुसँग जानकारी लिदैँ थिए । शिविरमा केहीले आखाँ सम्बन्धी जानकारी लिए भने केहीले आँखाको शल्यक्र्रिया समेत गराए । शिविरमा गाउँपालिका भित्रका विभिन्न ग्रामीण क्षेत्रमा भएको आँखा शिविरबाट छनोट भएका मध्ये ७१ जनाले मोतिया बिन्दुको अप्रेशन गराएका थिए । आँखाको सफल शल्यक्र्रिया प्रश्चात पुनर्जीवन पाएको उनीहरुले बताए । धेरैलाई विश्वास नै लागेको थिएन् । तर अप्रेशनपछि आँखाले देख्न पाउँदा उनीहरु हर्षित मुद्रामा देखिन्थे । त्यस मध्येका ९२ वर्षका दुर्जमान पुन पनि एक हुन् ।

उनले १२ वर्षपछि आँखाले देख्न पाउँदा खुसी व्यक्त गरे । शेघे विक पनि चार वर्षदेखि अन्धकारमा थिए । ७६ वर्षका शेघे अहिले आँखाले देख्न पाउँदा हर्षित छन् । शिविरबाट ७१ जनाले आँखाको निःशुल्क शल्यक्र्रिया गराए । यसअघि गाउँपालिकाको छापहिलेमा गरिएको शिविरमा १ सय ८८ जना, अर्जेमा ३ सय ३८ , नेटामा १ सय ९५, हवाङ्गदीमा १ सय ५६ , अर्खवाङ्गमा १ सय ८७ ले सेवा लिएका थिए । जसबाट तत्कालै मोतिया बिन्दुको अप्रेशनका लागि १ सय १४ जना छनोट भएका हुन् । छनोटमा परेका मध्ये ७१ जनाले मात्र मोतियाबिन्दुको अप्रेशन गराएका हुन् ।आर्थिक रुपमा विपन्न भएकाहरुका लागि गाउँपालिकाले बेला–बेलामा स्वास्थ्य शिविरमार्फत सेवा पुर्यायाईरहेको छ । गाउँपालिका अध्यक्ष रितबहादुर थापाले गाउँपालिकाले पहिलो प्राथमिकता स्वास्थ्यलाई दिएको बताए । व्यक्ति स्वस्थ भएमात्र परिवार, समाज र राष्ट्रका लागि योगदान दिन सक्ने भन्दै गाउँपालिकाले स्वस्थ नागरिक बनाउने अभियानलाई पहिलो प्राथमिकता दिएको बताए । आगामी दिनहरुमा पनि विभिन्न शिविरहरुको आयोजना गरी जनतालाई प्रत्यक्ष राहत पुर्यायाउने उद्देश्य लिएको उनले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारी आगामी दिनहरुमा पनि गाउँपालिकाले यस्ता खालका शिविरहरु सञ्चालन गर्दैै जाने बताए । शिविर नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो । शिविरको समापनका दिन नेपाल नेत्र ज्योति संघ गुल्मीका सभापति शेरबहादुर थापा आफैं पुगेका थिए । त्यस अवसरमा थापाले शिविरलाई अब टोल–टोलमा पुयाउनुपर्ने बताए । आफ्नो तर्फबाट हुन सक्ने सहयोग प्रति आफू सकरात्मक रहेको उल्लेख गर्दै गाउँपालिकाको कार्य प्रसंशा गरे । गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्तराज भुसालले ग्रामीणस्तरबाटै यस्ता सेवाहरु दिनुपर्छ भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए । उनले स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्ने तथा जनताहरुको पहुँचमा स्वास्थ्य सेवालाई पुर्यायाउने योजना रहेको जानकारी दिए ।

नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घासका प्रमुख सूर्यबहादुर बस्नेतले कतिपय जनचेतनाको अभावका कारण अप्रेशन गर्न नआएको बताए । उनले अझै पनि जनचेतना फैलाउन आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा वडाअध्यक्षहर शोभाखर गिरी, हिरालाल अर्याल लगायतले स्थानीयस्तरमा आएको सेवाको भरपुर प्रयोग गर्न नागरिकलाई आग्रह गरे । शिविरमा रणअम्बिका आँखा अस्पताल भैरहवाका नेत्र रोग विशेषज्ञ डा।अमृत वास्तोला, पाल्पा लायन्स लाकौल आँखा अस्पतालका बजिर रायमाझी, रामनारायण सिंह, पुष्पा, शम्भु आर्चाय, रुकबहादुर नेपाली, नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घासका प्रमुख सूर्यबहादुर बस्नेत, वीरबहादुर कार्की, विष्णु खत्री, सन्तोष सुवेधी, दुर्गाप्रसाद पन्थी लगायतको संयुक्त टोलीद्वारा बिरामीहरुको आँखा चेकजाँच गरिएको थियो ।