रेडियो सैनामैनाको अधिवेशन ,शाहद्धारा उद्घाटन

प्रकाशित मिति:

रुपन्देही /प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले सामुदायिक रेडियो सैनामैना ९१ मेगाहर्जको दोश्रो साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्नु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको रेडियोको उद्घाटन गर्दै उँहाले पत्रकारिता निष्पक्ष हुनु पर्नेमा जोड दिनु भएको छ । पत्रकारले सरकारको प्रतिपक्ष हुनु पर्ने उँहाले बताउँदै सरकारले गरेका कामलाई बाहिर ल्याउँनु पर्नेमा जोड दिनु भएको छ । देशका तिन अङ्ग ब्यवस्थापिका , कार्यपालिका र न्यायपालिकाले गरेका कामलाई बाहिर ल्याउँने काम पत्रकारकारको भएको बताउँदै यसले गर्दा पत्रकारिता देशको चौथो अगं भएको दाबी गर्नुभयो । सरकारसँग नडराई पत्रकारले जनतामा सहि सुचना ल्याउँनु पर्ने शाहले बताउँनुभयो । सरकारले बजेट , प्रहरी ,सेना न्यायपालिकाको घमण्ड देखाएर सुचना लुकाउने गरेको तर पत्रकारल खोजि खोजी मिडियाको माध्यमबाट जनतामा सुचना ल्याउँने गरेको बताउँनुभयो । सार्वजनिक लेखा समितिका सभापति शाहले देशमा आर्थिक मन्दी लाग्न थालेकोमा चिन्ता ब्यक्त गर्नु भएको छ ।

सरकारले जथाभावी खर्च गरेर देशमा मन्दी लागेको उँहाले बताउँदै तत्काल नसच्चा देशमा आर्थिक संकट देखा पर्ने बताउँनु भएको छ । सकारले अनावश्यक रुपमा दैनिक ज्यालादारी गर्ने मजदुरलाई समेत प्यान अनिर्वाय गराई कर लिएकोमा शाहले असन्तुष्टि जनाउँनु भयो । नेपाली कांग्रेस रुपन्देही जिल्ला उपसभापति फडिन्द्र प्रसाद शर्माले लोकतन्त्र स्थापना भएपछि पनि पत्रकारिता जगत माथि हमला भएकोमा उँहाले खेद प्रकट गर्नु भएको छ । पछिल्लो समयमा सरकारले विभिन्न खाले विधेक ल्याएर पत्रकारिता जगतको घाटि निमोण्ठन लागेको उँहाले बताउँदै स्वतन्त्र पत्रकारिताको पक्षमा कांग्रेस रहेको दाबी गर्नुभयो । रेडियो सैनामैनाका अध्यक्ष कृष्ण प्रसाद पोखरेलले कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै जनतासँग प्रत्यक्ष जोडिएर रेडियोले काम गरेको बताउँनु भएको छ । आवाज विहिनको आवज बन्दै रेडियोले लागु ओषध प्रयोग र बेचविखन बिरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको बताउँनुभयो ।

जनतासँग नगर प्रमुख कार्यक्रम सञ्चालन गरेरे रेडियोले जनताका कुरालाई सम्बन्धि निकायसँग पुराउँने काम गरेको बताउँनुभयो । रेडियोका संस्थापक अध्यक्ष लाल प्रसाद पंगेनी (कृष्ण ) ले रेडियो स्थापित हुनको लागि आफ्नै भवन चाहिने हुँदा सञ्चालक समितिले ध्यान दिनु पर्ने बताउँनुभयो । सैनामैना बासीको माया रेडियो सैनामैनाले पाएको उँहाले बताउँदै सैनामैना टेलिभिजन सञ्चालन गर्ने योजना अगि सार्नु पर्नेमा जोड दिनुभयो । रेडियोका कोषाध्यक्ष बिना खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी सैनामैनाका अध्यक्ष नारायण न्यौपानेले पत्रकारितामा राजनीतिक गन्ध आउँँदा समाचार निष्पक्ष हुन नसक्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस सैनामैना नगर सभापति राम प्रसाद अधिकारीले रेडियोले पत्रकारितासँगै नैतिक शिक्षा पनि दिनु पर्ने बताउँदै रेडियोले सकारात्मक सन्देश दिएर समाजलाई राम्रो बनाउँनु पर्नेमा जोड दिनुभयो । सैनामैना उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष मोहन राज बानियाले सञ्चार माध्यमले निष्पक्ष रहेर सुचना प्रवाह गर्नु पर्नेमा जोड दिनुभयो । रेडियोका सचिब तिलब केसीको सञ्चालनमा आयोजना गरिएको कार्यक्रममा उपाध्यक्ष प्रेम खड्काले स्वागत मन्तब्य राख्नु भएको थियो ।यस्तै संस्थापक अध्यक्ष लाल प्रसाद पंगेनी (कृष्ण) लाई सम्मान गरिएको छ । रेडियो स्थापनामा सहयोग पुराएको भन्दै कदरपत्र सहित सम्मान गरिएको छ । पंगेनीले रेडियोका स्थापनामा उल्लेखेनिय भूमिका निर्वाह गरेबापत सम्मान गरिएको हो । रेडियोको उतकृष्ट कर्मचारी बापत समाचार प्रमुख ललित कुमार पाण्डेयलाई नगर सहित प्रंससा पत्र प्रदान गरिएको थियो । पाण्डेय रेडियोको स्थापना कालदेखि कार्यरत रहेका छन । यस्तै उत्कृष्ट बिज्ञापनदातामा सैनामैना ८ मा रहेको ड्रिम हाउस ईन्जिनियरिङ्ग र सैनामैना १० मा रहेको रेड मार्टिन होटल एण्ड लजलाई सम्मान गरिएको थियो ।