पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु

प्रकाशित मिति:

झापा–पौडी खेल्ने क्रममा खोलामा डुबेर झापाको दमकमा आज दुई जना बालकको ज्यान गएको छ ।दमक–१ स्थित निर्माणाधीन रतुवा खोलाको पुल नजिकको खोलामा डुबेर दमक १ का नौ वर्षीय आयुस पुर्कुटी र पाँचथर जिल्ला फाल्गुनन्द गाँउपालिका–५ घर भई हाल दमक– १ बस्दैआएका १२ वर्षीय निश्चल चेम्जोङको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय कुमार पण्डितले जानकारी दिए ।