अमेरिकाको टेक्सासमा कार दुर्घटनामा चितवनका रविको मृत्यु

प्रकाशित मिति:

अमेरिका/अमेरिकामा भएको कार दुर्घटनामा एक जना नेपालीले ज्यान गुमाएका छन् । चितवन नारायणगढ घर भएका ३० वर्षीय रवि श्रेष्ठको दुर्घटनामा मृत्यु भएको डल्लास फोर्टवर्थ न्यूजले जनाएको छ ।टना टेक्सास राज्यको फोर्टवर्थ डल्लास महानगरको फ्रिस्को सिटीमा भएको हो । स्थानीय प्रहरीका अनुसार प्रिस्टन रोडको उत्तर इल्डोराडो पार्कवे स्थित खोलामा उत्तानो परेको कारमा मृतक श्रेष्ठ दुर्घटनाग्स्त अवस्थामा भेटिएका थिए । प्रहरीले उनलाई उद्धार गरेर स्थानीय अस्पतालमा पुर्याउदा चिकित्सकहरूले उनको पहिल्यै मृत्यु भैसकेको बताएका थिए ।

घटना अघिल्लो शुक्रबार राति पौने ११ बजे घटे पनि उनलाई चिन्ने जान्ने नजिकको मानिस नभेटिएकोले त्यसको जानकारी दिन नसकिएको प्रहरीले जनाएको छ ।प्रहरीले बुधबार मात्र उनको परिचय खुलाउन सकेको थियो । घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।