दक्षिण एसियाली ज्योतिष महासंघको महासचिवमा  लक्ष्मण पन्थी

प्रकाशित मिति:

काठमाडौँ /बाङलादेशको चिट्टागाउ को जे।एम। हलमा यहि नोभेम्बर २१ देखि २३ सम्म बाङ्लादेश एस्ट्रोलोजर सोसाइटी, साउथ कोलकाता एस्ट्रोलोजी एन्ड वास्तु साइन्स एकोडोमि र दक्षिण एसियाली ज्योतिष महासङ्घ को आयोजनामा २८औं एसियाली ज्योतिष सम्मेलनको अबसरमा बसेको दक्षिण एसियाली ज्योतिष महासंघ को अन्तर्राष्ट्रिय समितिको बैठकले लक्ष्मण पन्थीलाई दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय तथा अन्तर्राष्ट्रिय समितिको महासचिवमा मनोनीत गरेको छ। राष्ट्रिय समिति नेपालको सभापति, केन्द्रीय कार्यबाहक महासचिव तथा नेपाल ज्योतिष परिषदको सचिब हुँदै बिभिन्न संघ संस्थाका नेतृत्व तहमा बसी कुशलतापूर्वक नेतृत्व सम्पादन गरिसकेका पन्थी अन्य दर्जनौं देशका अन्तर्राष्ट्रिय सम्मेलनहरुमा नेपालबाट प्रतिनिधित्व तथा आयोजकको रूपमा काम गर्दै आएका छ्न।

अर्घाखाँची को छत्रदेवमा जन्मेका पन्थी जनकल्याण मा। वि। तारुभतेरा अर्घाखाँची बाट शिक्षाको सुरुवात गरि संस्कृत मा। वि। ९दरबार हाइस्कुल रानीपोखरी काठमाडौं हुदै नेपाल संस्कृत विश्वविद्यालयबाट (आचार्य एम।ए) गरेका हाल सोही विश्वविद्यालय बाट विद्यावारिधी गर्दैछन ।२०५२ सालमा नेपालमा केन्द्रीय कार्यालय रहनेगरी स्थापना भएको महासंघ को सस्थापक अध्यक्ष स्व। धर्मराज रेग्मी हुँदै पुर्व अध्यक्षहरु सह।प्रा।डा माधवप्रसाद पान्डेय, पुर्व उपकुलपति आचार्य पुर्णचन्द्र ढुङेल, डा।लोकराज पौडेल हुँदै हाल डा।सहदेव बिस्ट अध्यक्ष रहनुभएको छ।तेस्तै नेपाल को तर्फबाट सल्लाहकार हरुमा प्रा। डा।माधव भट्टराई, प्रा।डा।देवमणी भट्टराई,प्रा।डा।रामचन्द्र गौतम, सह।प्रा।डा। माधव प्रसाद पाण्डेय,ज्यो माधव राज पाण्डे,पं। सूर्य प्रसाद ढुंगेल, पुर्व मन्त्री कान्ता भट्टराई हुनुहुन्छ भने केन्द्रीय समितिमा उप। प्रा। लक्ष्मी बराल, आचार्य सन्तोष वासिष्ठ, डा देबि प्रसाद खनाल, डा मिलन कुमार थापा,अम्बिका शर्मा,आचार्य घनश्याम सुबेदी, प्रेम पराजुली, जितेन्द्र शर्मा, डा। सुवोध शुक्ला, उप।प्रा। पुरुषोतम भट्टराई, सुदर्शन पौडेल आत्रेय,नरेश सिंह, लगायतका अन्य धेरै बिद्वानहरुको संलग्नता रहेको छ।दक्षिण एसियाली ज्योतिष महासंघको रार्ष्ट्रिय समिति भारतका सभापति आचार्य अशोक कुमार मिश्र, श्रीलङ्का सभापति डा। जि। एस।गुणापाला, बंगलादेशका सभापति डा। बिजय शर्मा लगायत ८ वटै देशमा समितिहरु सक्रिय रहेका छन ।

भारतका सबै प्रान्तका चर्चित ज्योतिषीहरू प्रा। डा। रामकृष्ण शास्त्री,एच। एस। रावत,शुरेश श्रीमाली,अरुण बंशल, डा धनेशमणी त्रीपाठी, एस के शास्त्री, डा। सत्यविश्वास, डा चारुदत्त पिंगले,डा अमलेश शास्त्री,डा भारत भूषण उपाध्याय,आभा बंशल,अशोक मिश्र,बङलादेशबाट डा।मोहम्मद अन्सुल हक,डा।जि।किबिरया,श्रीराम आचार्जी,साथै श्रीलन्काका जि।एस।गुनापाला,लगायत अन्य धेरै विद्वान हरु कार्य समिति र सल्लाहकारमा रहनुभएको छ।सो २८ औं एसियाली सम्मेलनमा लेपालबाट अध्यक्ष सहदेव बिस्टको नेतृत्वमा प।घनश्याम सुबेदी, लक्ष्मण पन्थी ,प।खिलनाथ काफ्ले, केसब राज जोशी, अचुतमणि आचार्य, अग्निराज पौडेल, भरतमणी ज्ञवाली,सुदर्शन पौडेल, गौरीशंकर शर्मा, कमल पौडेल ञशास्त्रीझ, मुस्कान खनाल, हिरालाल उपाध्याय को सहभागीता रहेको थियो भने भारतबाट चर्चित बैज्ञानिक ओम प्रकाश पान्डे, एस। के। शास्त्री,डा। बिश्वदिप भट्टचार्य, लगाएत चर्चित ब्याक्ती र सार्क का सबै मुलुक बाट विद्वानको उपस्थिति रहेको अध्यक्ष सहदेब बिष्टले जानकारी दिनु भयो।सो अबसरमा बङल्लादेशको नयाँ राष्ट्रिय समिती गठन गरिएको छ सो समितिमा रार्ष्ट्रिय समिति बङलादेश नव निर्वाचित सभापति  प।श्रीबिजय शर्मा उपसभापति एस।एम।जाहिद महासचिव एस।के।आचार्जीसचीव  विश्वजित चटर्जीकोषाध्यक्ष  मो। फकिर एसरत अरफतसदस्यहरुमा प्रबोध चक्रवती,एस।एम।रकिब हसन,अभिजित भट्टचार्य,सहके तुतुल,चिन्मोए चौधरी मिल्हुन,एहोएन आचार्जी र खोलिलुर रहमन रहेको समिति गठन गरिएको छ।महासंघ को केन्द्रीय कार्यालय नेपालको काठमाडौंमा रहेको छ।