सांसद भागवतप्रकाश मल्ल द्धरा विद्यालयको चारकोठे नवनिर्मित भवनको उद्दघाटन

प्रकाशित मिति:

गण्डकी प्रदेशका सांसद भागवतप्रकाश मल्ल विद्यालयको चारकोठे नवनिर्मित भवनको उद्दघाटन गर्नु भएको छ । भवनको उद्दघाटन गर्दै मल्लले पछिल्लो समय मुलुकमा बालबालिकाहरु नै विभिन्न घटनाको सिकार भईरहेको भन्दै यसप्रति शिक्षालय, अभिभावकहरु सचेत हुनुपर्ने बताउनुभयो । आज बाल दिवस मनाईरहँदा यस्ता घटना न्युनीकरणप्रति कमद चाल्नुपर्नेमा सांसद मल्लको जोड रहेको छ । एक अर्को प्रसंगमा बोल्दै सांसद मल्लले कम्युनिष्ट सरकारले दुई तिहाइको दम्भमा मुलुकामा एकलौटी गरिरहेको आरोप लगाउनुभयो ।

सांसद मल्लले आफ्नो २ महिनाको तबल स्याङजाको एक विद्यालयलाई दिने घोषणा गर्नुभएको छ । बाल दिवसका अवसरमा जनकल्याण मावि चापाकोट ८ मा आयोजित कार्यक्रममा सांसद मल्लले आफ्नो २ महिनाको तलब विद्यालयमा रहेका बालबालिकाहरुको शैक्षिक अभिवृद्धिमा टेवा पुगोस भन्ने हेतूले २ महिनाको तलब विद्यालयलाई दिने घोषणा गर्नुभएको हो ।


कम्युनिष्ट सरकारको ६ महिने कार्यकाल उपलब्धीविहिन भएको उहाँको भनाई छ । साथै सांसद मल्लले चापाकोटको विकास निर्माणका लागी प्रतिवद्ध रहेको बताउनुभयो । विद्यालयमा निर्मित २ तले ४ कोठे भवन करिव ३१ लाखको लगानीमा निर्माण सम्पन्न भएको विद्यालयले जनाएको छ । वडा नं. ३ का अध्यक्ष महेश भट्टराई, ८ का अध्यक्ष नवराज श्रेष्ठ, मालुङ बहुमुखी क्याम्पस प्रमुख गापाल भट्टराई, वडा नं. ३ का कागे्रस कार्यबहाक सभापति हरिबाबु पोख्रेल, राधादामोदर क्याम्पसका प्रध्यापक संघका अध्यक्ष देवराज भट्टराई, भोजराज भण्डारी, नेविसंघका साविक क्षेत्रिय अध्यक्ष धनराज पौडेललगायतले बोल्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष डोलराज न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत प्रधानाध्यापक हरि भट्टराई र सञ्चालन बालचन्द्र लम्सालले गर्नुभएको थियो ।

यसैबीच सोही कार्यक्रममा समाजसेवी देवेन्द्र भट्टराईले आफ्ना स्व. पिता झम्कनाथ भट्टराईको स्मृतिमा १ लाख ५१ ह्जारको अक्षयकोष स्थापना गर्नुभएको छ । स्व. झम्कनाथकी श्रीमती देवका भट्टराई संरक्षक रहने गरी पति तथा पिताको स्मृतिमा झम्कनाथ अक्षयकोषको स्थापना गरिएको हो । अक्षयकोषबाट हरेक वर्ष एसइइमा उत्कृष्ठ, गरिव, जेहेन्दार र दलित छात्रछात्रालाई छात्रवृत्ति दिईनेछ ।