ठगविरुद्ध विवेकको मत दिनुपर्नेमा जोड 

प्रकाशित मिति:

तुल्सीपुर /नेपाल मजदुर किसान पार्टी ५ नं। प्रदेश समितिले शनिबार दाङको पश्चिमी गाउँ हँसपुर तथा दंगीशरण गाउँपालिकाका पोटली चोक र बैराङमा चुनावी प्रचार कोणसभाहरु सम्पन्न गर्यो कार्यक्रमहरुमा नेपाल मजदुर किसान पार्टी ५ नं। प्रदेश समितिका संयोजक हरिसुन्दर वासीले झुक्याउने र ठग्ने शासक दलहरुलाई निर्वाचनमा विवेक प्रयोग गरेर जनताले सजाय दिनुपर्नेमा जोड दिनु भयो । नेपाली जनतासँग राष्ट्रवादी देखिन चर्को कुरा गर्ने तर पदमा बस्दा पदअनुसार सीमा अतिक्रमणबारे भारतीय सरकारसँग औपचारिक रुपमा मुद्दा उठाउन नसक्ने ओली सरकारले नेपाली जनतालाई झुक्याउन र ठग्न खोजिरहेको चर्चा गर्दै संयोजक वासीले एमाले माओवादीजस्ता नक्कली कम्युनिष्ट पार्टी र काँग्रेसको गलत क्रियाकलाप बुझेर पनि तिनीहरुलाई नै मत दिनु भनेको आत्मघाती र आफै अपराधीको सहयोगी बन्नु हो भन्नु भयो ।

दाङमा राजधानी ल्याउन शासक दलहरुमार्फत गाउँका शोषक र पुँजीपति वर्गले रोकेको चर्चा गर्दै संयोजक वासीले शहरमा ठूला निजी अस्पताल खोल्ने र विद्यालय खोल्ने पुँजीपति वर्गले देशको सन्तुलित विकास गर्न चाहेको छैन भन्नुभयो ।नेपाल मजदुर किसान पार्टीबाट दाङ क्षेत्र नं। ३ ९ख० प्रदेशसभा सदस्य उम्मेदवार सुरेश परियारले कम्युनिष्टको नाममा कम्युनिष्टको बदनाम गर्न सरकारले निशुल्क शिक्षा र स्वास्थ्य व्यवस्था गर्नुभन्दा नाफा र कमिसनको लागि निजी विद्यालय र अस्पताल सञ्चालन गरिरहेको छ भन्नुभयो । जनतालाई बिर्सने रोग लागेको छ भनेर जस्तै कुकर्म गरेर पनि शासक दलका नेताहरु जनतासँग मत माग्न आएको चर्चा गर्दै उम्मेदवार परियारले भारतीय एकाधिकार पुँजीको दलाली गर्ने शासक दलहरुलाई परास्त गर्न नेमकिपाको मादल चिन्हमा मतदान गर्नुहुनु आह्वान गर्नुभयो ।