सात जुवाडे पक्राउ, ६ लाख ५० हजार बरामद

८ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ- प्रहरीले काठमाडौंको न्यूरोडबाट ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।शनिबार राति न्युरोडको रंजना गल्लिको एउट घरबाट उनीहरुलाई पक्राउ गरिएको हो । प्रहीरीले उनीहरुको साथबाट ६ लाख ५० हजार रुपैंया नगद बरामद गरेको जानकारी दिएको छ ।प्रहरीका

अनुसार पक्राउ पर्नेमा काठमाडौँका प्रदीप श्रेष्ठ ,रमेश थापा,रबिन तामाङ्ग ,सरुन तामाङ्ग,सुशीला श्रेष्ठ रहेका छन्।त्यस्तै,काभ्रेका चन्द्र लामा र ओखलढुङ्गाका कुमार केसी पनि पक्राउ परेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ।केही समयदेखि त्यहाँ चन्द्र लामाले जुवाको अड्डा सञ्चालन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया