दण्डहीनता विरुद्धको दिवसमा सचेतना र्याली एवम कोणसभा सम्पन्न

८ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
83 Shares


सबलपोस्ट/ बुटवल – विश्व अन्तर्राष्ट्रिय दण्डहिनता विरुद्धको दिवसका अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश नं। ५, महासंघ रुपन्देही शाखा र मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको संयुक्त आयोजनामा सचेतना र्याली सम्पन्न भएको छ । पत्रकार महासंघ रुपन्देही शाखाको कार्यालय प्राङ्गणबाट सुरु भएको र्याली जेसीस चोकमा आएर कोणसभामा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले मुलुकमा अझै पनि दण्डहिनता काएम रहेकोमा चिन्ता व्यक्त गरे ।दश वर्षसम्मको गृह युद्ध, मधेश आन्दोलन तथा विभिन्न समयमा भएका आन्दोलन र द्वन्दका पिडितहरुले अझै

पनि न्याय नपाएको कुरा उल्लेख गर्दै उनले समृद्ध मुलुकका लागि मानव अधिकारको सुनिश्चितता र शान्ति आवश्यक रहेको बताए । कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले मानव अधिकार तथा शान्तिका बारेमा कलम चलाउन आग्रह गरे ।कार्यक्रममा पत्रकार महासंघ प्रदेश ५ का सदस्य बिक्रम खड्का ,रुपन्देही शाखाका कार्यवहाक अध्यक्ष दिनेश पाण्डे, उपाध्यक्ष निरु गौतम, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष डि। पी। खनाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघ रुपन्देहीका सह सचिव विनोद परियारले सञ्चालन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • चौधरी फाउण्डेशनद्वारा मन्त्री बराल मार्फत अस्पताललाई भेन्टिलेटर हस्तान्तरण
  • तरूण विभागद्वारा कालिन्चोकका बाढीपिडितलाई राहत हस्तान्तरण
  • शेयर बजारमा अनलाइन प्रयोगकर्ता ५७ हजार
  • प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि
  • पश्चिम नवलपरासीमा शनिबार देखी एक हप्ता सम्म निषेधाज्ञ
  • लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ
  • रुपन्देहीमा थप ११ जनामा कोरोना संक्रमण
  • सिन्धुपाल्चोक पहिरो : चारको शव भेटियो, ३४ बेपत्ता
  • लायन्स क्लब अफ बुटवल जितगढीद्वारा गुल्मीका पहिरो पीडितलाई सहयोग !
  • घ्याल सुम्दो सेवा संस्था अमेरिकाको बैठक सम्पन्न,महासचिवमा छोन्जोम लामासहितका पदाधिकारीहरु…