ॐ आज प्रदोषव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ मंसिर ८ गते

८ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
16K Shares

Lord Shiva

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल मंसिर महिनाको ८ गते आइतवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत मार्गशीर्ष कृष्णपक्षको त्रयोदशी तिथि राति १२।२० बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । हस्ता नक्षत्र दिवा २।४ बजेसम्म रहनेछ । यसैगरी आज आयुष्मान् योग र गर करण रहेको छ ।

यसैगरी आज काठमाडौँमा सूर्योदय ६।३२ मा छ भने सूर्यास्त बेलुका ५।७ बजे हुनेछ । चन्द्रमा आज तुला राशिमा छन् । आज प्रदोषव्रत परेको छ । त्रयोदशीको सन्ध्याकालीन समयलाई विशेष दोषयुक्त मानिन्छ । यस समयमा केवले शिवजीको उपासना शुभ रहने गर्दछ । यसैगरी आज प्रदोषव्रत रहनाले सूर्यजन्य दोष निवारण गर्न सकिन्छ । पराक्रम वृद्धिका निम्ति पनि प्रदोष व्रत धारण गर्न सकिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…