राममणी क्याम्पसमा प्राबिधिक शिक्षा सञ्चालन गर्न सञ्चालक समितिलाई अख्तियारी दिइयो

अध्यक्ष पदमा पुनः रोमणी प्रसाद पाठक

प्रकाशित मिति:

                                                ♥   अध्यक्ष पदमा पुनः रोमणी प्रसाद पाठक

सबलपोस्ट/बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पस वदलिँदो परिवेष अनुरुप बिज्ञान तथा प्रविधी सम्बन्धि विषय तथा व्यबसायिक बिषयहरु सम्भव भएसम्म त्रिभूवन विश्वबिद्यालय र नभएर अन्य विश्वबिद्यालयबाट भएपनि सम्बन्ध लिएर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । क्याम्पसको शनिबार सम्पन्न प्रथम क्याम्पस सभाले सञ्चालक समितिलाई सो अख्तियारी प्रदान गरेको हो । २०४५ सालमा स्थापित उक्त क्याम्पसमा अहिले प्रमाणपत्र तहमा व्यबस्थापन, मानविकि र बिज्ञान, स्नातक तहमा शिक्षा, मानविकी, एक वर्षे विएड, स्नातकोत्तर तहमा मानविकि, व्यबस्थापन पठन पाठन हुँदै आएको छ ।

बुटवल तथा भैरहवाको बिच भागमा पर्ने उक्त क्याम्पसमा तत्कालिन समयमा छोरी बुहारीलाई लक्षित गरेर क्याम्पस सञ्चालन गरिएको र बढ्दो शहरीकरण तथा बुटवल भैरहवालाई समेटेर महानगरपालिका बन्दा केन्द्र भागमा पनि पर्ने भएकाले समयको माग र आवश्यकताका आधारमा सीप मुलक र प्राबिधिक शिक्षाका सञ्चालनकालागि उक्त प्रस्ताव गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले बताउनु भयो । त्यस्तै त्रिभूवन विश्वबिद्यालयबाट क्युएए प्राप्तीसंगै क्याम्पसलाई आवश्यक पर्ने समाजबाट माग भएका र बजारसंग सम्बन्धित विषयहरु आफै निर्माण गरी सञ्चालन गर्न पाउने अवसर प्राप्त भएकाले स्वायत्ततालाई अंगिकार गर्दै अंगाडी बढ्ने प्रस्ताव समेत क्याम्पस सभाले स्वीकृति प्रदान गरेको छ ।

क्याम्पस सभाले स्वायत्ततायुक्त विषय निर्माण गर्दै क्याम्पसलाई नै स्वायत्तता तर्फ उन्मुख गराई ‘मानित विश्वबिद्यालय’को रुपमा अंगाडी बढाउने दीर्घकालिन रणनीति तय गरेको छ । क्याम्पस विश्वबिद्यालयको रुपमा अंगाडी बढ्दै गर्दा विश्वबिद्यालयलाई आवश्यक पर्ने कम्तिमा २० विगाहा जग्गा प्राप्तीकालागि तिलोत्तमा नगरपालिका भित्र जग्गा व्यबस्थापनकालागि नगरपालिकालाई अनुरोध गर्ने समेत क्याम्पस सभाले निर्णय गरेको छ । क्याम्पस सभाले अध्यक्ष पदमा पुनः रोमणी प्रसाद पाठकलाई सर्वसम्मत चयन गरेको छ । बाँकी सञ्चालक समितिमा अध्यक्षले स्वविवेक प्रयोग गरेर सदस्यहरु मनोनयन गर्ने प्रावधान छ । क्यामपस सभाको उद्घाटन गर्दै प्रदेश पाँच सरकारका प्रवक्ता भौतिक पूर्वाधार तथा बिकास मन्त्री बैजनाथ चौधरीले शिक्षाको बिकासकालागि सरकार प्रतिवद्ध रहेको बताउनु भएको थियो ।