निर्मला, तिम्रो देशमा न्याय मरेको छ  

-चन्द्र केसी 

प्रकाशित मिति:
-चन्द्र केसी 
प्रिय निर्मला, प्रथमतः तिम्रो सुन्दर-सुकोमल जीवन लाई बलात्कारको घोर पिडा संगै क्षणभरमै माटो-खरानीमा परिणत गर्ने अपराधीहरु कति बलिया र सक्तिमान रहेछन् भन्ने कुराले उदेक लागेको छ, गम खाएको छु । सत्तासिन पार्टीका अध्यक्ष प्रचण्डले अस्ति मात्र यस घटनाको बिसयमा बोल्दै महिला हिंसा सरकार र नेकपा पार्टी लाई कमजोर बनाउने षड्यन्त्र भन्नुले पनि अपराधी हरुको सामर्थ्य थप प्रमाणित हुन्छ ।
हिजो शुक्रबारको कान्तिपु दैनिकको मुख्य पृष्ठमा छापिएको न्याय माग्दा बन्दुकको नाल शीर्षकको समाचार पडेपछी तिमी माथीको अन्याय र अपराधको विषय र बिरुद्धमा केहिपनी नबोलि बस्नु तिमी माथी झनै थप अन्याय र अपराध हुनेछ भन्ने ठहरमा पुगेको छु । महिला अधिकारकर्मी लक्ष्मी मल्लका अनुसार तिम्रो बीभत्स हत्या भइसकेको अवस्था पछाडी सबै प्रमाणहरु नस्ट गर्दै तिम्रो प्राणहिन शरीरलाई जतिसक्दो चाडो अन्तिम संस्कारका लागी प्रहरी द्वारा नै परिबार लाई कसरी बाध्य गराइयो अनी तिम्रो पक्षमा आवाज बुलन्द गर्ने अधिकारकर्मी लक्ष्मी मल्ल हरुलाई कसरी आतंकित गरियो भन्ने फेहरिस्त पडेर रगतका धमनीहरु उम्लिएका छन् निर्मला ।
तिम्रा मातापिताले जुन कारुणिकतामा न्याय मागीरहेछन् लाग्छ यो देशमा अपराध र अपराधीको मात्र जयजयकार गरिने समयको प्रादुर्भाव भएकोछ या हुनै लागेको छ ।
प्रिय निर्मला देशमा सरकार र लोकतन्त्रले तिम्रो विषयमा अाँखामा पट्टि बाधेको छ । सत्तापक्षिय ठुला तहका नेताहरुको अभिव्यक्ति पनि तिमीलाई न्याय दिलाउने भन्दा कोसौ टाढा छन । कस्तो बिडम्बना तिम्रो बलात्कार र हत्या उनीहरुको सत्ताको कुर्सी मक्काउने षड्यन्त्रको खेल भनी परिभाषित गरिदैछ । प्रहरीले जसरी अपराधी लाई सहयोग पुग्नेगरी सम्पुर्ण सबुत प्रमाण हरुको रातारात नस्ट गर्छ प्रहरीको सारा सम्यन्त्र तिम्रा अपराधी हरुको सुरक्षा र बचाउमा मैदानमै ओर्लेर तल्लिन भएको देखिन्छ । रपनि सरकारले प्रहरीलाई कुनै प्रश्न गर्दैन सरकार अनन्त निन्द्रामा सुतेर बस्छ । देशकी एक प्रिय सानी छोरीको भयाबह सैलिमा बलात्कार र हत्या हुन्छ, पूरा देश उस्को पक्षमा महिनौ भैसक्यो आक्रान्त छ, आन्दोलनको क्रममा एक युवकको ज्याननै गैसक्यो मातापिता हरु रुदै र भक्कानिदै बडो कष्टपुर्ण र कारुणिक लबजमा सरकार संग भन्छन् ‘कि न्याय देउ कि हामिलाइ पनि मारिदेउ छोरी भएठाउ नै जान्छौं । तर सरकार बेपरबाह र बेमतलबझैँ छ । नागरिक द्वारा निर्बाचित र स्थापित सरकार भएको एक लोकतान्त्रिक देशमा न्यायको लागी निमुखा नागरिकले यो पराकाष्ठामा बोलिराख्नु र संधर्स गर्नु सबैभन्दा ठुलो लज्जाको विषय हो । यो अर्थमा यहाँ लोकतन्त्र नै छैन् ।
यो घटनाले सबैभन्दा ठुलो प्रश्न नेपाल प्रहरीलाई गरेको छ मानौ सगरमाथा भन्दा अग्लो र बलसाली प्रश्न । स्थानीय प्रहरी नेतृत्वको कारण सिङ्गो प्रहरी संगठन बदनाम भएको छ । प्रहरी संग नागरिकको बिश्वास र भरोसा दिनानुदिन टुट्ने रफ्तार बढ्नु देशकै लागी ठुलो दुर्भाग्यको विषय हो । युटुबमा भेटिने भिडियोमा जब प्रहरी अधिकृतको सामुन्ने महिला प्रहरीले सबुद हरु नस्ट गर्छिन् सुरुवाल पानीमा राखेर निचोर्ने यौनाङ्गमा पखाल्ने आदि । के प्रहरीको काम, कर्तव्य र अधिकार यही हो ? अनी सरकारले यही बिन्दु लाई अपराध अनुसन्धानको प्रस्थान बिन्दु किन नबनाएको ? हो सरकार चुकेको बिन्दु यहीँनेर हो । सरकारले आफ्नो प्रहरी संगठन लाई तिम्रो कर्तव्य प्रमाणहरु नस्ट गर्नुमा होइन अधिकतम  प्रमाणहरु जुटाउनु र सुरक्षित राख्नुमा थियो प्रमाणहरु किन क्षणभरमै नस्ट गरेको भनी नसोधेको ? किन गरिब र निमुखा नागरिक लाई नियन्त्रणमा लिई कठोर यातना दिएर अपराध कबुल गराउन उद्धत प्रहरी लाई सचेत नगराएको ? कृपया, नेकपाका कोही कसैले समृद्धिको अभियानमा ब्यस्त प्रधानमन्त्री ओली लाई भनिदिनुहोसन पानीजहाज र रेल भन्दा देशको एक नागरिकको जीवन तुलनै गर्न नमिल्ने मुल्यबान हुन्छ भनेर ।
यो घटनाको ढाकछोपको प्रयत्न नेपाल प्रहरी कुन तहसमनको कुकृत्य सम्म ओर्लिन्छ भन्ने कुराको ज्बलन्त उदाहरण हो । र, अब नेपाल प्रहरीको शुद्धिकरणको प्रस्थानबिन्दु पनि यही घटनाको मैदानबाट गरिनु पर्दछ गरियोस् ।
प्रिय निर्मला, प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार न्याय र अबसरको निस्पक्षतामा दिनानुदिन पुर्बाग्रही र नेकपा बादी हुँदै गईरहेको छ । नेकपा संग कुनै साइनो नहुनु सम्पुर्ण रुपमा अपहेलित भएर बस्नु भएको छ । तिम्रा अपराधी हरुलाई कानुनको कठघरामा ल्याउन सरकारको यसै मानसिकताले पर्खाल खडा गरेको छ । सरकार हावा जसरी गफ र भासण हरुमा बहकिएर क्रमिक रुपमा नागरिकको दैनन्दिनी बाट सरोकार मुक्त हुनु लोकतन्त्रको आबरणमा बिधिको शासन, कानुनी राज्य, नागरिक सुक्षा र प्रेस स्वतन्त्रता लाई मुठ्ठी भित्र सिमित गर्न खोज्दै अनुदार लोकतन्त्रको उदय गराउन खोज्नु तिम्रो देश र तिम्रो देशको लोकतन्त्र माथी पनि अपराध होइनर निर्मला ? यहाँ के भएन निर्मला, महिला हिंसामा सरकारका मन्त्री नै ओर्लिए र मञ्चबाट भने ‘नेपाली छोरीले आफुलाई नबेची डाक्टरी पासै गर्दैनन् ।’ कानुनी राज्यको धज्जी उडाइएको छ निर्मला, सर्बोच्चको फैसला बमोजिम जन्म कैदको सजाय भोगिरहेका हरु कारागार मुक्त गराइएको छ । न्यायलयमा भासण मार्फत सार्बजनिक धम्की दिएर तर्साउने र राजनीतिक आस्थाका आधारमा व्यबहार गर्ने काम सुरुभएको छ ।
तिमीले न्याय नपाउने भन्ने प्रश्नै रहँदैन निर्मला अपार नागरिक आवाज तिम्रो पक्षमा छ। अपराधी हरु एक दिन निश्चय पनि न्यायको काठघरामा उभिने छन् । यतिमात्र हो यो सरकार आफैं तयार हुन्छ या घुँडा टेकाउनै पर्नेहो । सरकार लाई लोकतन्त्रको मर्म र मुटुबाट बिचलित हुन नदिनु, सहिष्णु र विभेद रहित कार्य सम्पादनमा सधैं उत्तरदायी राख्नु र नागरिक स्तरबाट उठेका अभिमत हरुमा सचेत गराउनु प्रतिपक्षी दल नेपाली कांग्रेसमा पुर्ण जिम्मेवारी र दईत्व रहने छ । बिश्वास गर्छु सतिसालझैं तिम्रो र तिम्रा मातापिताको पक्षामा नेपाली कांग्रेस उभिने छ निर्मला ।
प्रिय निर्मला बलात्कारत सब्दनै थुक्नका लागी धेरै काफी छ । सुन्दैमा मनभित्र घृणा र आबेगको ज्वारभाटा बिस्पोट हुन्छ । तथापि नेपाली समाजमा बलात्कारका घटनाहरु दिनानुदिन उकालो तर्फ गतिमान थिए । प्रत्येक दिनका समाचार हरुमा कुनैन कुनै ढंगको बलात्कारको विषय प्रकासन भएकै हुन्थ्यो, भइरहेकै छन् । कहिँ बुबाले छोरीको बलात्कार, कहिँ काकाले भतिजीको बलात्कार, कहिँ साना-साना बालीकाको बलात्कार, कहिँ असी-नब्बे वर्षिय बृद्ध आमाको बलात्कार, कहिँ सत्तरी-असी वर्षिय बृद्धबाट नातिनीको बलात्कार । नेपाली समाजको पुरुष मनोबिज्ञानले सिर्जना गरेको यो निकृष्टताको मानकले पुरुष हुँ भनेर आफैंलाई घृणा गर्नुपर्ने, धिक्कार्नुपर्ने र सिर झुकाउनुपर्ने परिस्थितिको अन्त्य हिजोकै दिनदेखी अपरिहार्य भएको थियो । छोरी जुनसुकै रुपमा भएपनी सारमा आमाको रुपहो, शृष्टिको रुप हो । सभ्य समाजका लागी आमा माथीको प्रेम,भक्ती, श्रद्धा र बिश्वास पहिलो सर्त हो ।
तिम्रो बलात्कार र हत्याको घटनाले सम्पुर्ण देशले सुन्ने र देख्ने धरातलमा महिला माथी हुने हिंसा र अन्याय अवतरित भएको छ । तिमी माथी भएको अपराधले प्रेरित गर्ने दिशा भनेकोनै अब उप्रान्त नेपाल देशले छोरीहरु माथी हुने कुनैपनी बलात्कार र अपराधका घटनाहरु कसरी निर्मुल गर्न सकिन्छ भन्ने हो । त्यस कार्यभारका लागी सरकार, राजनीतिक दल र तिनका कार्यकर्ताहरु नागरिक समाज र तिनका अगुवाहरु सिक्षक र बिध्यार्थिहरु आदिको सामुहिक प्रयत्नमा नागरिकको तहमा सशक्त बहस र चेतना जागृत गरिनु जरुरि छ । अर्को तर्फ जघन्य बलात्कार अनी हत्याको अबस्थामा मृत्यु दण्डको बहस पनि सतहमा छ । यो बहस लाई सार्थक निष्कर्समा पुर्याउन पनि सकिन्छ । तिमीले छोरी भएकै आधारमा कलिलो उमेरमा सोच्नै नसकिने भयावह, बिभत्स कठोर र त्रासदीपुर्ण परिस्थितिको सामना गरेर हामीबाट बिदालियौ । भबिस्यमा कुनैपनी एक छोरीले मात्रपनि यस्तो दिनको सामना गर्नु भन्दा मृत्यु दण्डको कानुन निर्माण गरिनु तिमी प्रती साचो न्याय हुनेछ । र भबिस्यका छोरीहरुका प्रति सुन्दर उपहार हुनेछ
लेखक कांग्रेस संग आबद्ध छन् ।