जुम्ला कालेखोलीको घरमा भिषण आगलागी , आगो निभाउने क्रम जारी

प्रकाशित मिति:

खलंगा – जुम्लाको कालेखोलीमा ३ तले घरमा भिषण आगलागी भएर जलिरहेको छ । बिहान करिब १२ बजे आगलागी भएको सो घरमा दमकल जानेबाटो नहँुदा जलेर नष्ट भएको र अहिले उद्धार भईरहेको छ ।

जलेको घर जुम्ला चन्दननाथ नगरपालिका २ का गोविन्द भण्डारीको भएको स्थानीय कर्ण भण्डारीले जानकारी दिनुभयो । आगलागी भईरहेको घरको अर्को तर्फबाट डोजरले बाटो काटेर भर्खर दमकल पुगेको छ । अहिले नेपाली सेना, नेपाल प्रहरी र स्थानीयद्धारा उद्धार भईरहेको छ । आगलागी नियन्त्रण लिने काम भईरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मानवी क्षेति नभएको जानकारी भएपनि घरमा भएका लत्ता कपडा देखी विभिन्न प्रकारका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् । घरधनी जिल्ला बाहिर भएकाले क्षेति विवरण ढिला आउने देखिन्छ ।