वालिङ नगरको भ्रमण टोली फिर्ता

प्रकाशित मिति:

                                            न्यायीक समितिको चार नगरपालिका अवलोकन
सबलपोस्ट /स्याङ्जा – स्याङ्जाको वालिङ नगरपालिकाको न्यायीक समितिको टोलीले विभिन्न जिल्लाका नगरपालिकाको अध्ययन अवलोकन गर्दै फिर्ता भएको छ । शुक्रवार देखि हिडेको भ्रमण टोली बुधवार वालिङ फर्केको हो । वालिङ नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयोजक कल्पना तिवारीको नेतृत्वमा अध्ययन अवलोकन गर्न हिडेको टोलीले ४ जिल्लाका ४ नगरपालिका सगँ अन्तरक्रिया गरेको थियो । कपिलबस्तु जिल्लाको वाणगंगा नगरपालिका, प्युठानको स्वर्गद्धारी नगरपालिका, सुर्खेतको विरेन्द्रनगर नगरपालिका र बाँकेको कोहलपुर नगरपालिका सगँ अन्तर नगरपालिकाको न्यायीक सम्पादनमा के कस्ता समस्या र समाधानका साथै न्याय सम्पादनका लागि अपनाईएका बिषयहरुलाई प्रथामिकताका साथ छलफल गरिएको थियो । न्याय सम्पादन मात्रै नभएर राजस्व, फोहोरमैला व्यवस्थापन, विकास निर्माणको अवस्था, जनप्रतिनिधि र कर्मचारीको सम्वन्धका साथै जनप्रतिनिधि र नागरिक विचको सम्वन्धका बारेमा छलफल गरिएको भ्रमण टोलीका संयोजक तथा उपप्रमुख कल्पना तिवारीले बताईन् ।

अन्तर नगरपालिका भ्रमण गर्नु आवश्यक रहेको महशुष गरेकी छु उपप्रमुख तिवारीले भनिन्,“नगरपालिकाहरुको कार्ययोजनाको विषयमा छलफल हुनु जरुरी रहेछ ।” यस्ता भ्रमणले अन्तर नगरपालिका विचको सम्वन्ध र कार्ययोजनामा टेवा पुग्ने रहेछ तिवारीले भनिन् ।अन्तरक्रिया गरिएका नगरपालिकाको भौगोलिक अवस्था देखि नगारिकका अवश्यकता लगभग मिल्दोजुल्दो रहेको पाइएको तिवारीको भनाई छ । स्थानीयतहमा विषयगत शाखाहरुबाट हुने सेवा प्रवाहका बिषयमा केही नयाँपन पाएको र हामीले गरेको नयाँपन पनि सो नगरपालिकाले पाएको महशुष लागेको उपप्रमुख तिवारीले बताईन् । महिलाहरुले कार्य सम्पादन गर्न सक्दैनन् भन्ने मानसिकताबाट गुज्रेको हाम्रो समाजमा उपप्रमुखको हैसियतमा महिलाले नगरपालिकाको हरेक काममा सकारात्मक भुमिका खेलेको तिवारीको बुझाई छ ।  भ्रमण टोलीले पहिलो दिन बाणगंगा नगरपालिका र स्वर्गद्धारी नगरपालिकामा अन्तरक्रिया गरेको थियो भने दोस्रो दिन विरेन्द्रनगर नगरपालिका र कोहलपुर नगरपालिका सगँ अन्तरक्रिया गरेको थियो । अधिकांश नगरपालिकामा जग्गा सम्वन्धी विवाद न्यायीक समितिमा आउने गरेको पाइएको वालिङ नगरपालिका न्यायीक समितिका सदस्य बसन्तकुमार मल्लले बताए ।

अन्तर नगरपालिका सिकाईको अनुभव लिनु आवश्यक रहेछ सदस्य मल्लले भने,“यस्ता भ्रमणलाई समितिले निरन्तरता दिनु आवश्यक देखियो ।” न्याय जस्तो संवेदनशिल बिषयमा अन्य नगरपालिकाले गरेका गतिविधि आदनप्रदान हुनुपर्छ मल्लले भने । संघियतामा मुलुक गएसगै निर्वाचन पछि हरेक स्थानीयतहमा न्यायीक समिति बनाउने संविधानत भए अनुसार अहिले कुनै समस्या भए नगरपालिकाको न्यायीक समितिमा उजुरी दिने व्यवस्था आएको छ ।  भ्रमण टोलीले बाणगंगाका नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्याल, स्वर्गद्धारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोका क्षेत्री, उपप्रमुख गोमा रेग्मी, विरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल र कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु चौधरी लगायत न्यायीक समिति सगँ छलफल तथा अन्तरक्रिया गरेको थियो ।नगरपालिकालाई अब्वल बनाउन जनप्रतिनिधिहरुले कर्मचारी सगँ समन्वय गरेर काम गरेको देखिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले बताए ।

कर्मचारी र जनप्रतिनिधि विच समन्वय भएर काम गर्न सकियो भने नगरपालिकालाई हरेक गतिविधिले अगाडी बढाउन सकिन्छ भन्ने बुझाई यो भ्रमणबाट पाएको सुवेदीले बताए । नगरपालिकाले नगरको विकासका लागि जनप्रतिनिधि र कर्मचारी विचको अन्तर सम्वन्ध निकट रहनुपर्ने भ्रमण टोलीको सिकाई रहेको छ । यो भ्रमणले पहिलो कुरा त सिकाई भयो नगर प्रवक्ता केदार काफ्लेले भने,“हरेक नगरपालिका सगँ समन्वय गरेमा नयाँ बिषय आउने रहेछ ।” नगरपालिकाले गर्ने तौतरिका र विकास निर्माणलाई कुन विधि अपनाइएको छ भन्ने बिषय नै मेरो बुझाई रहेको छ उनले भने ।  भ्रमण टोलीमा न्यायीक समितिका सदस्य आनन्द पाठक, सामाजिक विकास शाखाका अधिकृत पदमप्रसाद पाण्डे, कानुन शाखाका नरबहादुर पौडेल, लेखापाल इश्वरी तिवारी, महिला तथा वालवालिका शाखाका अनुस्का काफ्ले र पत्रकार श्रीकृष्ण सिग्देलको सहभागिता रहेको थियो । अध्ययन अवलोकनमा रहेका नगरपालिकामा हरेक वडामा मेलमिलाप समिति गठन सगै वालिङ नगरपालिका सगँ मिल्दोजुल्दो रहेका देखिएको छ । यो अध्ययन अवलोकनबाट सिकेको सिकाईलाई वालिङ नगरपालिकाले अनुसरण गर्नुपर्ने धेरै विषय रहेका छन् ।