बर्दियाबाट विप्लव समूहका २ कार्यकर्ता पक्राउ

प्रकाशित मिति:

गुलरीया– बर्दिया प्रहरीले प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) समूहका २ जना कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विप्लव समूहका बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र कार्यकर्ता २७ वर्षीये सञ्जु चौधरीलाई पक्राउ गरेको हो ।

दुवैजनालाई बाँसगढी नगरपालिका–३ भगराचोक र सिजी प्रालिको मूलढोकामा गए राति प्रचार सामग्री टाँस्दै गर्दा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिए । इलाका प्रहरी कार्यालय मोतीपुरका प्रमुख इन्द्रजित सुनारसहितको प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विक र चौधरीबाट ५० थान पर्चा पम्प्लेटसमेत बरामद गरिएको छ ।