गुल्मीको धुर्कोटमा रेडियो धुर्कोट सञ्चालन

प्रकाशित मिति:

गुल्मी – गुल्मीमा सामुदायिक रेडियो धुर्कोट १०२.२ मेघाहर्ज सञ्चालनमा आएको छ । धुर्कोट गाउँपालिकामा रहेको सामुदायिक रेडियो धुर्कोटको उद्योग पर्यटन बन तथा वातवरण मन्त्री लिला गिरीले औपचारिक उद्घाटन गरेका हुन् ।

स्थानिय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरि एक सय वाटको रेडियो स्थानिय सरकारले नै दर्ता गर्न र अनुमति दिन पाउने भएकोले सोही अनुरुप धुर्कोट गाउँपालिकाले धुर्कोट बहुउद्देश्यीय सहकारी संस्थाद्धारा सामुदायिक रेडियो धुर्कोट १०२. २ मेघाहर्ज सञ्चालनको अनुमति दिएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

समुदाय र धुर्कोट गाउँपालिकाको संयुक्त शेयर लगानीमा रेडियो सञ्चालनमा आएको हो । धुर्कोट गाउँपालिका सरकारलेनै अनुमति दिई जिल्लामै पहिलो पटक रेडियो सञ्चालन गर्न सफल भएकोमा मन्त्री गिरिले बधाई दिए ।