भीरकोटमा वालदिवस मनाईयो

प्रकाशित मिति:

चुत्र वहादुर महत , स्याङ्जा : स्याङ्जाको भीरकोट नगरपालिकामा वाल दिवस सुखी नेपाली समृद्ध नेपाल,वाल अधिकार सवैको अधिकार भन्ने नारा सहित मनाईएको छ । नेपाल वाल संगठन जिल्ला कार्यसमिति स्याङजाको आयोजना र भीरकोट नगरपालिकाको सहयोगमा जन्मे देखी १४ वर्ष उमेर समूहका वालवालिकाको स्वास्थ्य परिक्षण गरी वाल दिवस मनाईएको हो ।

कार्यक्रममा वोल्दै भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले आमाको गर्भमा रहदा देखीनै वालवालिकाको पौष्टीक आहारको ख्याल गर्नु पर्ने भएकाले गर्भवती महिलालाई नियमित स्वास्थ्य चेकजाज गर्ने वानीको विकास गर्नको लागी गर्भको पहिलो पटक स्वास्थ्य चौकीमा गएर जाच गराएपछि त्यही दिनवाट वच्चा नजन्मदा सम्म दिनको एउटाको दरले अण्डा वितरण गर्ने कामको थालनी यो वर्ष पनि नगरपालिकाले निरन्तरता दिएको वताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खनालले वालवालिकामा गरेको लगानी कहिल्यै खेरा नजाने भन्दै उनीहरुको स्वास्थ्य प्रति अभिभावकहरुलाई हेलच्र्काइ नर्गन आग्रह गर्नु भयो । वाल्य अवस्थामा गरेको लगानी दिर्घकाल सम्म प्रतिफल प्राप्त गर्न सकिने भएकाले उमेर अनुसार हुने वृद्धी विकास सोही अनुसार पौष्टिक आहारको व्यवस्था गरी खुवाउन पर्ने कुरामा जोडदिदै ,अव पौष्टिक आहारको कमीले आमा र वालवालिकाले अकालमै ज्यान गुमाउने, कुपोषण,लुला लगंडा, मानसिक रोगी, अपांग हुन वाट जोगाउन अभिभावकनै सचेत हुनु पर्ने वताए । वालवालिकाको स्वास्थ्य परिक्षण कार्यक्रमलाई गाउँ अभियानको रुपमा नगरपालिकाका ९ वटै वाडमा संचालन गर्ने समेत वताउनु भयो ।
कार्यक्रममा जिल्ला अस्पताल स्याङ्जाका प्रमुख एंवम वालरोग विशेषज्ञ डा. अमृत पोखरेलले वालवालीकाका हरेक समस्याको सामाधान जिल्ला अस्पतालले नै गर्ने कुराको ठोकुवा गर्दै जिल्ला छोडी अन्त नजान आग्रह गर्दै अरु स्थानीय तह भन्दा स्वास्थ्यको क्षेत्रमा भीरकोट नगरपालिका अग्र स्थानमा रहेको भन्र्दै प्रसंशा गर्नु भयो ।

वाल दिवस कार्यक्रममा नेपाल वाल संगठन स्याङजाका सदस्य श्रीराम उपाध्य,भीरकोट नगरपालिका वडा न ५ का वडा अध्यक्ष याम प्रसाद अधिकारी –लक्ष्मण) लगायतले वालवालिकालाई पौष्टिक आहार प्रयाप्त मात्रमा खुवाउन पर्ने र जनचेतना मुलक कार्यक्रमहरु गाउँगाउँमा पुर्याई वालवालिकाको स्वास्थ्यमा ख्याल गर्नु पर्ने वताए ।

भीरकोट नगरपालिका वयरघारी स्थीत भूपू सैनीक कम्युनिटी एकेडेमीको प्राङ्गणमा गरीएको प्रशिक्षण कार्यक्रममा ७३ जना वालवालिकाको स्वास्थ्य जाँच गरएिको थियो । स्वास्थ्य जाँचको क्रममा वालवालीकाको खानामा समस्या,कुपोषण, रुघा खोकी,मुटुको समस्या,मानसिक समस्या,उमेर अनुसार शारीरिक वृद्धी नहुनु,पेटमा जुकाको समस्या आदी जस्ता रोग देखा परेको वालरोग विशेषज्ञ अमृत पोखरेलले वताए । चेक जाँचको क्रममा देखीएका सामान्य समस्यालाई परामर्शका माध्यमवाट टुङ्गो लगाई घर पठाइएको र केही जटिल समस्या भएका वालवालिकालाई जिल्ला अस्पतालमा वोलाइएको डा.पोखरेलले वताए ।

नेपाल वाल संगठन जिल्ला अध्यक्ष दिनेश अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सुनिल चापागाई र स्वागत उपाध्यक्ष मखमली श्रेष्ठले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन नगर उप प्रमुख सिमा केसी कर्माचार्यले गर्नुभएको थियो ।