सामाजिक सञ्जालमा भाइरल अनौठो जहाज, यस्तो छ वास्तविकता !

प्रकाशित मिति:

काठमाडौं- सनिबारदेखि सामाजिक सञ्जालमा एउटा विषय भाइरल बनिरहेको छ । नेपाली आकाशमा भारतीय एयसफोर्सको विमान, जासुसी विमान जस्ता कुरा उल्लेख गर्दै । कतिपय नाम चलेका अनलाइन मिडिया तथाल पित्रकाहरूले पनि समाचार मात्र लेखेनन् एक किसिमको भ्रम नै पिर्जना गरे । तर वास्तविकता भने अर्कै छ । समाचारमा आएको जस्तो उक्त विमान कुनै जासुसी वा एयर फोर्सको जहाज होइन । त्यो कहिलेकाहीँ आकाशमा देखिने एक सामान्य दृष्य हो ।

के हो त वास्तविकता ? हवाइ क्षेत्रका जानकारहरूका अनुसार आकासमा यसरी देखिने जहाजको आकृतिलाई ‘कन्ट्रेल्स’ भनिन्छ । हरेक जहाज इन्धनबाट चल्छन् र गाडिले जस्तै जहाजले पनि धुवाँ निकाल्छ । दिउसोको समयमा र जमिनको नजिकको क्षेत्रमा हावा तातो हु्न्छ । यस्तो तातो हावामा त्यो आकृति अर्थात् धुवाँ देखिँदैन । तर, जति माथि जहाज गयो, त्यति नै वातावरण चिसो हुँदै जान्छ । अर्को कुरा लामो दुरीमा चल्ने हवाइजहाज ३० हजार मिटरभन्दा माथि उड्छन् । तर काठमाडौमा आउने जहाज नेपालमा आउँदा धेरै तल झरिसकेका हुन्छन् त्यसैले यस्तो काकृति देखिँदैन । तर नेपाली आकाश भएर उड्ने तर नेपालमा अवतरण नगर्ने हजाज धेरै माथिबाट उड्छन् । आकाश खुलेको र मौषम सफा भएको बेला त्यस्ता आकृति देखिने प्रक्रिया सामान्य रहेको जानकारहरु बताउँछन् ।

चीसो मौसममा मुखले हा‘गर्दा वाफ उडेजस्तै प्रक्रिया हो । हवाइजहाजबाट निस्किएको ग्यास पानीको वाफसँग मिसिएपछि सानो सानो बादल जस्तो गरी यस्तो कन्ट्रेल बन्ने हो।  जब आकासको तापक्रम अत्यन्तै कम हुन्छ, जहाजले नियमित उडानकै दौरान फाल्ने धुँवा चिसो मौसमका कारण बाहिर निस्कनासाथ जम्छ र पानी बन्छ । जसले गर्दा जहाजको पुच्छरजस्तो आकृति बन्छ । नेपाल नागरिक उडेडयन प्राधिकरणले नेपाली आकासमा उड्ने सबै जहाजको रेकर्ड काठमाडौं टावरलाई थाहा हुने भउकाले यी हल्लामात्र भएको बताएको छ ।