सिड्नी घटना : श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

प्रकाशित मिति:

सिड्नी – नेपालीमुलका युवकको हत्या आरोपमा उनकै श्रीमती पक्राउ परेकी छिन् । एनएसडब्लु प्रहरी फोर्सले जारी गरेको विज्ञप्ती अनुसार उनलाई आज पारामाटा अदालतमा पेश गरिने तयारी छ ।यसअघि अदालतले उनलाई धरौटीमा छोड्न अस्विकार गरेको थियो ।शनिवार साँझ सिड्नीको ग्रान्भिलमा नेपालीमुलका श्रीमान श्रीमतीको घर झगडा भएको थियो । झगडामा कुटाकुट हुदा युवक अचेत भएका थिए भने युवती घाइते भएकी थिईन् । घाईतेलाई साँझ साढे सात बजे पारामेडिक्सले अस्पताल पुर्याएका थिए । ३४ वर्षे युवकको उपचारका क्रममा वेष्टमिड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सामान्य घाइते ३४ वर्षे युवतीलाई उपचारपछि ग्रान्भिल प्रहरी चौकी लगिएको छ । प्रहरीले यो घटनालाई घरेलुहिंसाको कोणबाट अनुसन्धान गरिरहको छ । मृतक युवा नेपालीमुलको रहेको गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले पुष्टी गरेका छन् ।बुटवल स्थाई घर भएका मृतक युवकले ग्रान्भिलमै मोटर ग्यारेज संचालन गर्दै आएका थिए । युवक मिलानसार र सहयोगी रहेको उनलाई नजिकबाट चिन्नेहरुले बताएका छन् । पिआरका लागि अन्तिम तयारी गरिरहेका यी दम्पति, किन यस्तो अवस्थामा पुगे भन्ने प्रश्न उब्जिएको छ ।पछिल्लो समय अष्ट्रेलियाको नेपाली समाजमा घरेलु हिंसा प्रमुख समस्या बनिरहेको छ।काम र पढाईको तनाव र कम उमेरमै बिवहा गरेर अष्ट्रेलिया आउदा घरेलु हिंसाले प्रसय पाएको छ।