बुटवलमा धरहरा

प्रकाशित मिति:

बुटवल । बुटवलमा धरहरा चढेर रमणीय दृश्यावलोकन गर्ने अपेक्षा छिट्टै पुरा हुने भएको छ ।

काठमाडौको ९ तले धरहरा अब छिट्टै बुटवलमै चढ्न पाईने भएको हो । असोज १९ गतेदेखी शुरु हुन लागेको तेश्रो राष्ट्यि औद्योगिक प्रर्दशनी तथा ब्यापार मेलामा धरहरा पाईने भएको हो । एतिहासिक ९ तले धरहराको प्रतिमाको रुपमा बुटवलमा निर्माण गर्न लागिएको धरहराको सनिवार शिलान्यास गरिएको छ ।

मुल आयोजक समितिका संयोजक तथा उद्योग व्यापार संघ बुटवलका अध्यक्ष प्रविण पाठक, संरक्षकद्धव खेम श्रीस, खिमनारायण पराजुली लगायतले संयुक्त रुपमा धरहराको सिलान्यास गरेका हुन ।

धरहराको उचाई झण्डै ९० फूट रहने छ । जहा“बाट बुटवल बजारको अवलोकन गर्न सकिने छ । ३० फूट गोलाई रहेको उक्त धरहरामा एकै पटक ५० जनाले धरहरा चढेर दृश्यावलोकन गर्न सकिने मुल आयोजक समितिका संयोजक पाठकले जानकारी दिए । उने भने– यो धरहराले पर्यटन प्रवद्र्धनमा टेवा दिनेछ, धरहरा चढीसकेकालाई पुन स्मरण गराउन र नचढेकालाई धरहराको अनुभव दिलाउने छ ।’

काठमाण्डौको धरहरा कै डिजाईन र कलरमा धरहरा बनाउन लागिएको कन्सेप्ट प्रस्ताव गरेका पुर्व अध्यक्ष एवं संरक्षक खिमनारायण पराजुलीले बताए । करिव २० लाख रुपैया लगानीमा धरहरा निर्माण शुरु गरिएको छ । उनले भने– ‘अस्थाई संरचनाको यो ठूलो लगानी हो । यसलाई मेलाकै आकषर्णको रुपमा लिएका छौ ।’

धरहरा निर्माणको लागि २० जना कालिगढहरुले काम गरेका छन । चौविसै घण्टा काम गर्दा १५ दिनमा धरहराको स्वरुप तयार हुनेछ । यो क्षेत्रमा चढ्न मिल्ने गरी बनाईएको धरहरा पहिलो हुने र तत्कालिन प्रधानमन्त्रि भिमसेन थापाले बनाएको धरहराकै झल्को दिने आयोजकले बताएका छन । धरहरा बुटवल मण्डप भित्रको सचिवालय र मन्चको विचमा रहने छ । रानीपोखरी आकारको प्रवेशद्धाराबाट प्रवेश गर्दा धरहराकै झल्को दिनेछ ।

यसैविच विच प्रर्दशनीको तयारी तिव्र पारिएको छ । सटल निर्माणको काम धमाधम अघि वढेको तथा भेटघाट तथा छलफललाई तिव्रता दिईएको प्रचार प्रसार उप समितिका संयोजक नेत्र रुचालले जानकारी दिए । उनका अनुसार स्टल वुकिङको कार्य अन्तिम चरणमा पुगेको छ । प्रर्दशनीका सय भन्दा वढि स्टल रहने छ विभिन्न ८ वटा प्याभिलियनमा स्टल राखिने छ ।

भेटघाट तथा छलफलको क्रममा आयोजकहरुले प्रदेश नं ५ का मन्त्रिहरुलाई भेटघाट गरी तयारी र प्रर्दशनीको विषयमा जानकारी गराएका छन । संघका निर्वतमा अध्यक्ष तथा संरक्षक खेम श्रीसले प्रदेश नं ५का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रि लिला गिरी, सामाजिक विकास मन्त्रि सुदर्शन बराललाई भेट गरी प्रर्दशनीको विषयमा जानकारी गराईएको छ । मन्त्रिहरुले प्रर्दशनी सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको संरक्षक श्रीसले बताए ।