तरूण दल लमजुङको कार्यवाहक अध्यक्षमा गुरूङ

प्रकाशित मिति:

लमजुङ/नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दल लमजुङ जिल्लाको कार्यवाहक अध्यक्षमा ललित गुरूङ भएका छन् ।आइतबार एक विज्ञप्ति निकालि अध्यक्ष एवम् मध्यनेपाल नगरपालिकाका प्रमुख समेत रहेका रमेशकुमार पाण्डेले आफू निकै व्यस्तताको कारण उपाध्यक्ष रहेका गुरूङलाई कार्यवाहक दिएको जानकारी दिए।

अध्यक्ष पाण्डेले पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारीको उपस्थितमा कार्यवाहक गुरूङलाई दिएका हुन्। कार्यवाहक अध्यक्ष गुरुङले लमजुङको प्रत्येक वडासम्म पुग्ने गरि संगठन गर्ने बताए।भातृ संगठन सशक्त रूपमा अगाडि बढाउन भुमिका खेल्ने पनि कार्यवाहक अध्यक्ष गुरूङको भनाइ थियो।