पार्टी पुनर्गठन दिवशको अवसरमा मेची,कोशिमा बृहत कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

झापा संवाददाता /नेपाल कम्युनिस्ट पार्टिले मेची कोशी ब्युरोका १० वटा जिल्लाहरुमा आफ्नो पार्टिको छैटौं पुनर्गठन दिवश भव्य रुपमा सम्पन्न गरेको छ । ब्युरो अन्तर्गतका इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, ताप्लेजुङ, उत्तरी मोरङ, दक्षिणी इलाम र तेह्रथुममा जनताहरुको बिचमा गएर ने।क।पा ले कार्यक्र गरेको हो ।झापा जिल्लाको शिवसताक्षी, बिर्तामोड, बुधशान्ती सहित ३ स्थानमा, मोरङ कानेपोखरी र रतुवामाइ २ स्थानमा , सुनसरीका २ स्थानमा , धनकुटाको सहिद भुमी गाउपालिकामा , ताप्लेजुङ्का ३ स्थानमा , दक्षिणी इलामको चुलाचुली गाउपालिकामा, इलामको सन्दकपुरमा, उत्तरी मोरङका २ स्थानमा पार्टी पुनर्गठन दिवशमा आयोजित कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा दिप प्रज्वलन, शुभकामना आदानप्रदान, झण्डा गाड्ने, सहिदपरिवार भेटघाट, गर्दै जनतालाइ शुभकामना प्रदानका साथै संबोधन गर्ने काम भएको थियो । पार्टिका जिल्ला इन्चार्ज, सेक्रेटरी तथा स्थानिय कमिटिका नेता कार्यकर्ता सहित जनताको उपस्थितिमा बेग्ला बेग्लै स्थानमा भएको कार्यक्रममा जिल्ला नेताहरुले बोलेका थिए । प्रतिबन्धका बाबजुत धेरै स्थानमा सम्पन्न कार्यक्रममा बोल्ने नेता कार्यकर्ताले सामाजिक फासिबाद बिरुद्ध प्रतिरोध गर्दै अगाडि बढ्नु पर्ने बताए । उनिहरुले देश संकटमा परेको हुनाले यसको मुख्य कारण दलाल पुजिवादी संसदिय ब्यवस्थालाई ध्वस्त गरेर बैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्तिको प्रकृयामा आउन सबै जनतालाइ अपिल गरे ।त्यस्तै ब्युरो इन्चार्ज अनुले मेची र कोशिका न्यायप्रेमी जनसमुदायलाइ पार्टी पुनर्गठन दिवशको अवशरमा शुभकामना दिंदै दलाल संसदिय ब्यवस्थाको अन्त्य गरेर मात्र जनता सबै खाले अत्यचार बाट मुक्त हुने भएकाले यसको निम्ति एकीकृत जनक्रान्तिको प्रकृयामा आउन अपिल गर्नु भएको छ ।