पोखरामा वडा अध्यक्षको घरमा बम विस्फोट

प्रकाशित मिति:

पोखरा– पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्षको घरमा बम विस्फोट भएको छ ।घरमा पार्किङ गरि राखिएको गाडीमा विस्फोट भएको हो ।पोखरा महानरपालिका वडा नम्बर ३३ का वडा अध्यक्षा शिव आचार्यको घरमा पार्किङ गरी राखिएको गाडीमा बम विस्फोट गिरएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

विस्फोट सोमबार राति करिब २ ४५ बजे गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।विस्फोटबाट वडा अध्यक्ष आचार्यको पोखरा १७ विरौटा स्थित घरमा पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा क्षति पुगेको छ ।विस्फोटबारे अनुसन्धान भइरहको प्रहीले जनाएको छ ।मंसिर १४ गते पोखरामा हुन गइरहेको उपनिर्वाचनलाई प्रभावित पार्न वा त्रास देखाउन विस्फोट गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ खबरहब बाट साभार