प्रधानमन्त्री ओलीले गरे मिर्गोलाको डायलासिस

प्रकाशित मिति:

काठमाडौँ /प्रधानमन्त्री केपी ओलीको मिर्गोलाको डायलासिस भएको छ।प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल धापासीमा आइतबार डायलासिस भएको हो। डायलासिस गरि प्रधानमन्त्री ओली आइतबार नै बालुवाटार फर्किएका छन्।गत कात्तिक १३ गते मिर्गौलामा समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली १४ गते बालुवाटार फर्किएका थिए।

अस्पतालमै दुई पटक डायलासिस भएको थियो भने त्यसपछि दुइपटक डायलासिस भएको छ। चिकित्सकहरूले प्रधानमन्त्रीलाई नियमित डायलासिस वा मिर्गौलाको दोश्रो प्रत्यारोपण गर्न सुझाव दिएका छन्।प्रधानमन्त्री ओलीको १२ वर्ष अघि मिर्गौलाको प्रत्यारोपण भएको थियो।