सुमधुर स्वरकी धनी मेचु धिमालले गरिन भोटको लागि अपिल

प्रकाशित मिति:

काठमाडौं – नेपालमा भइरहेको दोस्रो संस्करणको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को ब्लाइन्ड अडिसनमा उक्त गीत गाएर निर्णायकको मन जितेकी मेचु सानैदेखि गीत सँगीतमा सौखिन हुन् । मोरङ जिल्ला उर्लाबारी नगरपालिका २ स्थाई घर भएकी मेचुको जीवनमा थुप्रै उतारचढाव आएका छन् । १२ कक्षा पढिसकेपछि काठमाडौंमा गएकी मेचु सानैमा गाउने भन्दा पनि बढी नाच्ने गर्थिन । आफुलाई भारतिय प्रसिद्ध गायकगायिका सोनु निगम र श्रेया घोषालको ठूलो प्रशंसक भन्न रुचाउने मेचुलाई उनिहरुका गीतले प्रेरित ग¥यो । नाच्ने मेचु विस्तारै गाउनमा पनि रुचि राख्न थालिन । स्कुलमा पढदाताका गीतसँगीतबाट थुप्रै पुरस्कार पनि उनले जितेकी छिन् ।गीतसँगीतका कार्यक्रमदेखि स्कुलमा हुने हरेक कार्यक्रममा मेचुको सहभागिता हुने गथ्र्यो । मोरङबाट काठमाडौं पुगेपश्चात उनलाई केहि समय गाह्रो भयो ।

वातावरण अनुुकुल हावापानी नमिलेका कारण बिरामी भईन । काठमाडौंमा उनकी सानीआमा भएकाले मेचुलाई बस्न भने सहज थियो । तर उनले दुख नगरेकी भने होइनन् । आफ्नो खुट्टामा आफै उभिन रुचाउने मेचुलाई थाहा थियो संघर्ष र निरन्तरताको फल एकदिन अवश्य मिठो हुन्छ । त्यसपछि उनले आफुलाई थप उर्जाशिल बनाउन संगीत शिक्षा पनि लिइन् । आफुलाई लामो यात्राको घोँडा सम्झिने मेचुलाई नचल्नुको कारण राम्रो अवसर अझै नपाएको हो जस्तो लाग्छ । पछिल्लो समयमा गीत सँगीतमा गरिने लगानीले पनि असर गरेको हो कि भन्ने भान उनमा छ ।

‘जो संग कला छ ऊ संग पैसा छैन । अनि जो संग पैसा छ ऊ संग कला छैन । यस्तो अवस्था छ नेपाली सांगीतिक क्षेत्रको’ उनी भन्छिन् । तरपनि निरन्तरताले सफलता मिल्नेमा उनी ढुक्क छिन । नेपालमा भएका रियालिटी शो हरु उनलाई पहिले भन्दा अहिले मन पर्छ । रियालिटी शो मार्फत आफ्नो कला प्रस्तुत गर्न सकिने र प्रचारप्रसारको राम्रो माध्यम बनेको उनको बुझाई छ । सामान्य स्तरका कलाकारलाई माथी उठाउने काम रियालिटी गरेको उनको भनाई छ । अहिले मेचु ‘द भ्वाइस अफ नेपाल’ दोस्रो संस्करणकी प्रतियोगी हुन । उनले उक्त प्रतियोगितामा ब्लाइन्ड अडिसन पार गरिसकेकी छिन । मेचु सामाजिक सञ्जालमा बढी प्रयोग फेसबुकनै गर्छिन् । उनको एक मेचु धिमाल नामको फेसबुक पेज पनि छ । त्यहि पेज मार्फत मेचुले आफु टप ८ मा परेको र बिजेता बनाउनको लागि सम्पूर्ण साथी भाई इस्ट मिरता लाई दुई हात जोडेर अनुरोध गरेकी छिन ।