साप्ताहीक राशीफल

प्रकाशित मिति:

ज्योतीष : गजल पाण्डेय

आलमदेवी ज्योतिष तथा वास्तु परामर्ष

मेष चु चे चो ला लि लु ले लो अ
मेष राशी हुनेहरुका लागि यो साता त्यती उत्तम देखिदैन । साताको सरुमा कामको पछी लागे पनि सफल हुन गह्रौ छ । सोचे अनुसार काम बन्न पनि कठिन छ । साताको मध्य तिर वा मङ्गलवार देखी समय मध्यम छ बिस्तारै कार्यमा सफलता हात पर्ला । केही खर्च बढेता पनि धार्मिक भेटघटमा खर्च हुनाले गर्दा मन प्रसन्न मानसिक सन्तुस्टी मिल्ने छ ।साताको अन्त्य प्रेममा भने समधुर सम्बन्ध बन्नेछ ।
शुभ दिन मङ्गलबार । शुभ रङ्ग रातो ।।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
साताको सरुमा परिवारिक असहयोग रहने छ । व्यवहारिक कठिनाइ हुनेछ । आफ्नो बोलीमा सुधार ल्याउनु पर्ला । सम्बन्ध सुधारनका लागी ।साताको मध्यम तिर स्वास्थ्यमा समान्य फेरबदल हुनेछ । साथै केहि खर्च नि बढ्ने देखिन्छ । साताको अन्त्य तिर समयमा सुधार आउने छ साथै आफन्तले पनि सहयोग गर्नाले सबै कामहरु बन्न थल्ने छन ।
शुभ दिन शुक्रबार । शुभ रङ्ग सेतो ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा
साताको सरुमा रोकिएका अधुरा कामहरु पुरा हुने छन । समस्याको हल हुने छ । साथी भाईहरुको भरपुर सहयोग रहनेछ । बिहिवारबाट समय अलमल गराउने खाल्को छ । गरेका कार्यहरु हतपत नबन्ने छ । साताको अन्त्य तिर आर्थिक लाभ हुनुका साथै मन निकै प्रसन्न रहने छ ।।
शुभ दिन बुधबार । शुभ रङ्ग हरियो

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समग्रमा यो साता राम्रो छ। साताको सरुमा जोश जाङर आउनुका साथै आर्थिक एवम समाजिक लाभ मिल्ने छ । उधोग, कलकारखानामा लगानी गर्दा फाइद हुने देखिन्छ। बुधबारबाट रमाइलो खाल्को समय छ। पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ।नयाँ कार्यको थालनी हुनेछ । साताको अन्त्य तिर यात्राको योग छ। परिवारबाट टाढा बस्नुपर्ने छ साथै साहित्यिक कार्यमा मन जाने छ ।
शुभ दिन सोमबार । शुभ रङ्ग सेतो ।।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
यो साता राम्रो मान्नुपर्छ । साताको सरुमा प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ। आर्थिक लाभ हुनुका साथै व्यापार व्यवसायमा मनगय फाइदा हुनेछ। साताको अन्त्य तिर मध्यम खाल्को समय छ। घरायसी समस्या ले सताए पनि गरेका कार्य सफल हुनाले गर्दा मन सन्तुष्ठ रहने छ।
शुभ दिन आइतबार । शुभ रङ्ग रातो ।।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
साताको सरुमा रोकिएका अधुरा कार्यले पुर्णता पाउनेछ । आत्मबल बढ्नाले मनमा शान्ति मिल्नुका साथै बौधिक कार्यहरु सफल हुनेछन। बिहिबारबाट कार्यमा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी बेहोर्नु पर्ने देखिन्छ । साताको अन्त्य तिर कोही बाधक नभए पनि खासै प्रगती हुने छैन।
शुभ दिन बुधबार । शुभ रङ्ग हरियो ।।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते
समग्रमा यो साता राम्रो छ। साताको सरुमा धार्मिक एवम सामाजिक कार्यमा सहभागी हुनाले सामाजिक प्रतिष्ठा बढ्नेछ ।प्रेम मा सुमधुर सम्बन्ध हुने छ साताको मध्य तिर स्वस्थ्यमा समस्य आए पनि साथीहरू को सहयोगले मन निकै प्रसन्न हुनेछ । साताको अन्त्य तिर लामो यात्राको योग छ ।
शुभ दिन शुक्रबार । शुभ रङ्ग सेतो ।।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
सप्ताहको सरुमा आकस्मिक सफलता मिल्नेछ । मन निकै प्रसन्न हुनेछ । प्रशासनिक कार्यमा सफल भैइने छ । साताको मध्य तिर अनुकुल समय छ । आटेगरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ। साताको अन्त्य तिर व्यवहारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि सफल हुनेछन ।
शुभ दिन मङ्गलबार । शुभ रङ्ग रातो ।।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
यो साता मध्यम छ । साताको सुरुवात खासै राम्रो छैन । पारिवारिक सम्बन्ध खटपट हुनुका साथै अर्थिक समस्याले सताउने छ । साताको मध्य तिर मध्यम समय आउने छ। बिस्तारै अधुरा कामहरु बन्ने छन भने घरपरिवारबाट पनि सहयोग पाउनुहुनेछ । साताको अन्त्य तिर फलदायक समय आएको छ । भग्यले साथ दिएको छ प्रसस्तै आर्थिक लाभ हुने योग छ ।।
शुभ दिन बिहीबार । शुभ रङ्ग पहेँलो ।।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
समग्रमा यो साता सामान्य छ।आटे(गरेका कामहरु सफल हुनेछन भने अधुरा कामहरु पनि बन्ने छन। शत्रु, रोग्, कष्ट र अभाब पन्छाउने उचित समय छ। साताको मध्यमा खासै राम्रो समय छैन। आर्थिक पक्ष ठिकै भए पनि अन्य पक्षमा सफलता मिल्नुका साथै मित्र भेटले मन प्रफुल्ल रहने छ ।
शुभ दिन सनिवार । शुभ रङ्ग कालो।।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
समग्रमा भन्नुपर्दा यो हप्ता मध्यम खालको देखिन्छ । साताको सुरु लाभप्रद छैन । लाभ, प्रगति, सुखबाट टाढा हुनुपर्ने समय छ साथै गरेका काममा सफलता नमिल्ने देखिन्छ। बिहिवार देखी समयमा केहि सुधार हुनेछ ।कार्यमा सफलता मिल्नुका साथै आर्थिक उन्नति हुनेछ । साताको अन्त्य तिर प्रेम र धन कमाउने क्षेत्रमा राम्रो हुने देखिन्छ ।
शुभ दिन शुक्रबार । शुभ रङ्ग कालो ।।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
समग्रमा यो साता मध्यम छ। साताको सुरुवात खसै राम्रो छैन। कार्यमा परेसानि बढ्छ र गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ। साताको मध्यदेखी समयमा सुधार हुनेछ। कार्य साधक समय छ साथै बुद्धिबिबेकले राम्रो कम गर्नेछ नयाँ तथा पुराना कार्यमा सफल भैइने छ ।। साताको अन्त्य तिर ठिकै समय छ। काम गर्नमा नै समय बिताए पनि सोचे जती फाइदा हुने छैन ।
शुभ दिन बिहीबार । शुभ रङ्ग पहेँलो