यो कस्तो झोलेवाद हो ?

दिप पंगेनी

प्रकाशित मिति:

दिप पंगेनी
हुन त म न लेखक हुँ , न त राजनितिकशास्त्रको विधार्थी फेरी पनि राजनितिक शास्त्र अध्यायन गर्न मन लाग्यो अनि राजनैतिक विचारधारा पुस्तक पढ्दै थिए जुन पुस्तकमा लेखिएको थियो राजनितिक दलले राजनितिक आधार निर्माण गर्नु पर्छ, राजनितिक आधार भनेको यस्तो मतदाताहरुको समुह हो जसले कुनै पनि हालतमा विपक्षी या विरोधी दललाई मतदान गर्दैनन । यो पढे पछी यसो सोचे यो कस्तो हनुमान बनाउने शिक्षा हो । यो कस्तो दासत्व निर्माण गर्ने ज्ञान हो । यो कस्तो बधुवा बनाउने निर्देशन हो । यो कस्तो झोलेवाद हो ।

यसैले होला हरेक दल झोले बनाउन लागि परेको छ । यस्तै सिंगो समाज नै अमुक दलको झोले बन्नमै मस्त पनि भई रहेको छ । सबै दलले आ आफनो राजनैतिक आधार (झोले) निर्माण गर्न सफल भएका पनि छन । यसैको उपज त हो राजा चाहन्छन तर गणतन्त्र वादिलाई भोट हाल्छन । हिन्दू राष्ट्र नभई हुँदैन भन्दछन धर्म निरपेक्ष्यवादी दललाई मतदान गर्छन , सघियता ठीक छैन भन्दै चिया चोकमा बहस गर्छन सघियताको एजेन्डा बोकेको दलको झन्डा बोकेर दगुर्छन । मतदाताहरु जनता भई स्वतन्त्र विचार ब्यक्त गर्न भन्दा पनि अमुक दलको झोले भइ राष्ट्रघात स्विकार गर्न तैयार छन । यो कस्तो झोलवाद हो ?
यहाँ त हरेक ब्यक्ती कुनै न कुनै दलको दाम्लोमा बॉधीएको छ । स्वतन्त्र चिन्तन र विश्लेषण त कसैमा भेटिनै मुस्किल छ । हर कोही मेरो पार्टि, मेरो नेता, भन्दै बुर्कुसी मारेको छ । भले राष्ट्र कमजोर होस जलोस भष्ट्राचार होस वेथितिले चरम चुली चुमोस अन्याय होस, या देशको सिमा नै सरोस, चुँ बोल्ने वाला छैन, बरु अझ ढाकछोपमै लाग्छ । आफुले मतदान गरेको दल कुबाटोमा हिडेपनी हिडोस, गलत काम गरे पनि गरोस चुइक्क गर्दैन, आफनो नेताले पांदे पनि बसायो भन्दै हिड्ने यो मनोवृती कस्तो झोले वाद हो ?

मैले पडेको थिए कतै धेरै फरक हुन्छ दास र राजनैतिक कार्यकर्तामा दासले खुरुखुरु मालिकको हुकुम मान्छ तर कार्यकर्ताले सोच्छ , विचार गर्छ, छलफल गर्छ र महत्वपुर्ण निर्णयमा पुग्छ । हुन पनि हो सच्चा जनताले त राष्ट्रघातको विरोध गर्छ, त्यस्ता निर्णयको वदर गर्छ । मन, वचन र कर्मले आत्मा इमान्दारीता सोच्छ । अरुलाई आक्षेप लगाउदैन । तर यहाँ त ठीक उल्टो छ राष्ट्रघातीकुरामा पनि, अन्यायी र पक्षपाती कुरामा पनि शासकको स्तुती गाउदै घेक्रो फुलाउदै झन्कदै, र ढाट्दै र ढाक्दै हिड्छ । आफुले मतदान गर्ने दललाइ त वंश र धर्म कै रुपमा मानेर स्विकार गरेर आत्मसमर्पण गरेका दासहरुले देश नै बेचे पनि ठिकै भयो ठुलो राष्ट्रको अंग हुन पाइयो सम्म भन्न भ्याउने यो कस्तो झोले वाद हो ?

आफ्ना बाबु, दाजु ले मतदान गर्ने दललाइ आप्नो पुर्खौली दल र धर्म को रुपमा स्विकार्ने मनोवृतिले नेतृत्वले पनि जनतालाई जनार्दन होईन मतदान गर्ने दास हुन भन्ने सोचको विकास गरेको छ । यो बंधुवा (झोले) हुने मनोवृतिको चपेटामा बिभिन्न संघर्षरत दलहरु पनि परेका छन, माओवादी दुब्लाउदै जानु र साझा विवेकशिलका रविन्द्र मिश्रले नेपालीको बानी मेनु हेर्ने र लास्टमा मो मो चाउमिन अडर गर्ने भनेको यै झोलेवाद्लाई इंकित गरेको हुनु पर्छ । यो झोले पनको उदाहरणहरु समाजिक संजालमा पनि छताछुल्ल देख्न सकिन्छ । समाजिक संजालमा गरिएका टिका टिप्पणी र त्यहाँ एक अर्कालाई विल्ला भिराइदिने गरेको प्रसस्त देख्न पाइएकै छ । जस्तो की राजतन्त्रको सही कुराको प्रसंसा ग–यो भने झ्याप्पै राजावादीको बिल्ला भिराइदिन्छन , वामपन्थिको सही कुरा गरे नास्तिक कम्निस्ट काँग्रेशको सही कुरा गरे कालो काँग्रेश, माओवादी को सही कुरा गरे हत्यारा, साझा विवेकशिलको सही कुरा गरे डलरे, मधेसी दलको सही कुरा गरे भारतीय दलाल भनेर बिल्ला भिराइदिहाल्छन । के यही हो प्रजातन्त्र? के यही हा समाजवाद? यो प्रजातन्त्र होईन, समाजवाद पनि होईन । नत्र खोइ कहाँ आयो लोकतन्त्र र समाजवाद्, बाटोको खाल्टोमा, ढलेको धरहरामा, भत्केको रानिपोखरिमा, गरीबको फाटेको लुगामा, भोकले पिलसिएको दुखमा, खोइ कहाँ आयो यो समाजवाद बरु नेताहरुको स्तन र अन्डकोषको खर्च हेर्दा त लोकतन्त्र र समाजवाद त नेताहरुलाई पो आएको देखिन्छ त । यो सबै जानेर फेरी पनि आफ्नै सँगठन विरुद्ध बोल्नु उचित हुँदैन भनेर ढाक्न कै पछि दौडने यो कस्तो झोलेवाद हो ?

यस्तै अरु प्रकारका झोलेहरुको ब्यवहार पनि देखिएकै छ बुझिएकै छ , चिनले गर्छ, भारतले गर्छ, अमेरिकाले गर्छ भन्दै हिड्छन । अर्काले के खाँचोले गर्छ भनेर भन्न न सक्ने दोस्रो दर्जाको झोले हुन्छ जसको बानी बिषयमा फिटिक्कै ज्ञान न भए पनि खुंखार विज्ञ झै गरेर आफ्नो दलको बडो उचित ढंगले बचाउ गर्दछन । महिला समावेसीताको कुरामा घाँटिका नसा फुल्लाउदै भाषण गर्नेले मन्त्री परिषदमा महिला सहभागीता सुन्य हुँदा पनि शासकको स्तुती गाउन छोडेका छैनन । निर्वाचन अगाडी महिला कै उद्धार गर्न बनेको दल जस्तो गरी महिलालाई कज्याएको दलले निर्वाचन पछी टोल सुधार समितिमा राखेर झाडु हातमा थमाइदिदा पनी खुशी नै छन भजन नै गाँउदछन । अझ अबोध शिशु बयोबृद्धा वलत्कृत हुँदा समेत आफनो दलको धारणा कुर्ने तथा दल सरकारमा छ भने त विरोधका कार्यक्रममै उपस्थित नहुने, सहभागी नै नहुने मात्र होईन भष्ट्राचार, सिमा मिच्चिएका जस्ता समाचारमा समाजिक संजालमा लाईक गर्न समेत मुटु कपाउने गर्छन । कती ले त सरकारर्को बचाउ गर्दै कमेन्ट गर्ने गर्छन । खोइ के पाउन हो, खोइ के कमाउन हो । यो लिप्सा कस्तो झोलेवाद हो ?

यही हाम्रै समाजमा छन होलान पराइको चारोमा देश मास्नेहरु , यही समाजमा होलान हत्या र वलत्कारमा हाँस्नेहरु । अपराधिहरु यिनै झोले हरुको काधमा चढेर हत्या बलत्कार तथा राष्ट्रघात गरेरका छन गरेका मात्रै हैन झोले बुइ चढेर छाती फुल्लाउदै हिडेका छन । तीनीहरुको यो राष्ट्घात तथा अपराधीक कुकर्मको छिट्टाहरु ति झोलेहरुको मनमा पर्दा पनि आत्म ग्लानि र पश्चताप नै मान्दैनन । दलिय सदस्यको अहन्कार र दासत्वको मनोवृतिले पार्टिको झन्डा भिरे पछी वलत्कार अपराध नै नहुने, भष्ट्राचार राम्रो आचार हुने । जे जती, जे जस्तो स्थिती होस शासकको स्तुती गाउन चाही छोड्दै नछोड्ने । यो कस्तो झोलेवाद हो ?

राम्रो काम गरे अहिले मात्र होइन पुस्तौ पुस्ता सम्झन्छ यो समाजले, इतिहास बन्छ तर राम्रो नगरे पनि झोले बन्नु पर्ने । यो झोलेवाद विद्द्वानको बाटो होईन, । न त प्रजातन्त्र र लोकतन्त्र को । दासत्वलाइ स्विकार गर्दै , अन्धभक्ततालाई अवलम्बन गर्दै बौधिकतालाई नष्ट पार्दै, आप्नो विचार विमर्ष ब्यक्त नै नगर्ने, हृदयको सत्य मारि, मनको न्यायलाई निमोठी शासकको पक्षपोषण गर्ने, तीनै दलाल र संक्रमणहरुको तीनै अपराधी र बलतकारिको दासत्वलाइ स्विकार गर्दै अंरिङ्गाल बन्नु पर्ने, स्तुती गाउनु नै पर्ने यो कुन तन्त्र हो ? यो कस्तो झोलेवाद हो ?