नव विवाहितलाई लक्षित गर्दै अमेजनले बेच्दै छ ‘भर्जिनिटी पिल्स’

प्रकाशित मिति:

एजेन्सी – अमेजनले नव विवाहितलाई लक्षित गर्दै ‘भर्जिनिटी पिल्स’ बेच्न थालेपछि भारतमा अत्यधिक विरोधको सामना गर्नुपरेको छ ।‘आइ–भर्जिन’ नाम दिइएको उक्त विवादास्पद सानो क्याप्सुलमा अचम्मको ‘रगतको धुलो’ छ जुन मानिसको रगतजस्तै देखिन्छ । आफू भर्जिन छु भनेर देखाउनका लागि प्रयोगकर्ताले यौन सम्बन्ध स्थापित गर्नु दुई घण्टा अघि आफ्नो योनीभित्र प्रवेश गराउनुपर्नेछ । यो प्रयोग गर्दा कुनै पनि हानी नहुने र यो ‘उच्च गुणस्तरको रगत’ मज्जाले घोलिने अमेजनले बताएको छ ।

यस्ता उत्पादन बिक्रि गरेर अमेजन इन्डियाले शताब्दी पुरानो कुप्रथालाई समर्थन गरेको आरोप लगाइएको छ । अमेजनले यसअघि पनि यस्तै उत्पादन वर्षौंअघि देखि युरोपियन स्टोरमा जर्मनी कम्पनी भर्जिनियाकेयरसँग मिलेर नक्कली हाइमेनसमेत बेच्दै आएको छ ।आइभर्जिन क्याप्सुल भारतमा ५० डलर (५ हजार ७ सय) प्रति प्याकेटमा बेचिएको बताइएको छ । तर अहिले यो विवादास्पद उत्पादन स्टोरबाट हटाइएको पनि जानकारीमा उल्लेख छ ।