असल श्रीमान श्रीमतीमा हुनुपर्ने ४ गुणहरु जान्नुहोस् , मनपरे सेयर गर्नुहोस्

प्रकाशित मिति:

एजेन्सी – श्रीमान श्रीमतीको सम्बन्ध एक रथको २ पाङ्ग्रा जस्तै हुन्छ । जो एक बिना एर्को अधुरो हुन्छ । त्यसैले हरेक पत्नी आफ्ना पतिबाट अपार मायाँं, हार्दिकता, विश्वास र सुख चाहन्छन् । यी यस्ता विराट् विषय हुन्छ ,जो सजिलै पाइँंदैन, आउँंदैन । त्यसका लागि दुवैको विश्वास र मान्यतामा निकटता जरुरी हुन्छ । विभिन्न अध्ययनकर्ता र चिन्तकहरुले पत्नीले पतिबाट चाहने विषयलाई विभिन्न दश बुँंदमा यसरी उल्लेख गर्ने गरेका छन् । धर्मशास्त्रअनुरुप श्रीमतीलाई अर्धांगिनी मानिन्छ। शास्त्रले भन्छ– असल श्रीमती भएको घरमा लक्ष्मीको बास हुन्छ। श्रीमती खराब परिन भने घरबार नै टाट हुन्छ। यहाँ महिलामा हुने केही गुणहरु उल्लेख गरिएको छ।

१ यदि श्रीमती तपाईंको कुरा मान्छिन भने पनि तपाईं भाग्यमानि हुनुहुन्छ। त्यस्ती श्रीमतीलाई धर्म ग्रन्थहरुमा पतिव्रता मानिन्छ। पतिव्रता पत्नी सँधै आफ्नो श्रीमानको सेवामा लाग्छिन्। श्रीमतीले तपाईंको चित्त दुखाउने कुरा गर्दिनन्। आफ्नो श्रीमानलाई सँधै प्रसन्न राख्ने प्रयास गर्ने श्रीमतीलाई श्रीमानको पनि त्यस्तै ब्यबहार हुने हुँदा उनीहरुको दाम्पत्य जीवन निकै सुखदायी बन्छ।

२ श्रीमती जस्तै श्रीमानललाई पनि आफ्नी श्रीमतीबाट माया ममताको आवश्यक्ता पर्छ । त्यसैले सबै स्त्रीले आफूले सामना गर्ने हरेक दुःख र सुख बाँड्ने पहिलो साथी श्रीमान नै बनोस् भन्ने चाहन्छन् । आफ्नो पतिले प्राप्त गरेको सुख वा दुःखवारे पहिलो सूचना आफैले पाउनु पर्ने उनीहरुको स्वभाविक चाहना हुन्छ ।

३ दाम्पत्य जीवनलाई हराभरा बनाउने अर्को शर्त वा शैली किनमेलमा सहकार्य हो । प्रायः हरेक श्रीमतीले बजारमा किनमेल गर्न जाँंदा पतिसँंगै जान रुचाउँछन् । किनमेल गर्नु जीवनको अपरिहार्य आवश्यकता हो । यो आवश्यकता पूरा गर्न श्रीमानसँंगै जान पाए हुन्थ्यो, श्रीमान्को सिफारिसमा आफ्ना लागि केही किन्न पाए हुन्थ्यो भन्ने श्रीमतीको चाहना हुन्छ ।

४ धर्मशास्त्र अनुसार, महिलामा हुनुपर्ने अर्को गुण भनेको मीठो बोल्ली , गृहकार्यमा दक्ष र घर सम्हाल्ने, धर्मको पालना गर्ने छिन् भने त्यस्ता गरण भएका श्रीमती, श्रीमानका लागि भाग्यमानी हुन्छिन् । यति तपाईंकी श्रीमती घरमा सबैसँग मिठो बोल्छिन् भने तपाईं भाग्यमानि हुनुहुन्छ।र्म भनेको अनुसासन हो। यदि तपाईंकी श्रीमती धर्मको पालना गर्छिन् अर्थात आस्थिक छिन् भने पनि मान्नुस् तपाईं भाग्यमानी हुनुहुन्छ। आस्थिक श्रीमतीले आफ्नो श्रीमान र परिवारको हितमा काम गर्छिन्। उनले यस्तो काम गर्दिनन् जुन कामको कारण परिवारमा कलह होस् वा कसैलाई चित्त दुखोस्।