महिलाको इज्जत योनि सँग गाँसिदा पुरुषको इज्जत गुप्ताङगसँग नगाँसिनु अचम्म होइन र ?

प्रकाशित मिति:

काठमाडौं – नेपाली समाजमा महिला पुरुष बराबर भनिए पनि व्यवहारमा भने त्यसो छैन । समय समयमा महिला अधिकारका कुराहरु उठेपनि यसले निचोड पाएको कुरा कमै मात्र देख्न पाइन्छ । नेपालमा हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्छ भनिएको छ तर विरलै मात्रै त्यस्तो देख्न पाइन्छ । पहिलो कुरा त बराबर भन्ने हो भने महिलाको सहभागिता ५० प्रतिशत हुनुपर्ने हो । अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकारमा हेर्दा पनि हुन्छ, महिलाको ३३ प्रतिशत सहभागिता छ कि छै रु यति सम्म कि महिला तथा बालबालिका मन्त्री नै पुरुष ९पार्वत गुरुङ० भएपछि महिला अधिकारको कुरालाई लिएर धेरै चर्चा नगरौं । यस्तै लामो समय देखि महिला अधिकार एवं सामाजिक पक्षमा बोल्दै आउँनु भएकी बरिष्ठ चि’कित्सक डा. अरुणा उप्रेतीले लेखेको एक स्टाटस अहिले खुबै भाइरल भइरहेको छ । उहाँ लेख्नुहुन्छ :

महिलाको ‘इज्जत’ महिलाको इज्जत उनका ‘दुई तिघ्रा’ को बीचमा लुकेको हुन्छ । त्यसैले जब पुरुषले बलात्कार गर्छ, महिलाको ‘इज्जत’ लुटिएको ठानिन्छ । तर जुन पुरुषले अपराध गर्छ, उसको ‘इज्जत’ चाहिँ सुरक्षित नै हुन्छ । बलात्कार गरेको पुरुषको ‘इज्जत गयो’ वा ‘इज्जत लुटियो’ भन्ने कहिल्यै सुनिँदैन । महिलाको पवित्रता उनको योनिसंँग गाँसिन्छ । तर पुरुषको इज्जत उसको गुप्तागसंँग नगाँसिनु अचम्म होइन र ? राज्यले महिलालाई भने जसरी भए पनि परिवार र समाजको ‘इज्जत’ बचाउन, आफ्नो योनिलाई पवित्र राख्नुपर्छ भन्ने सिकाइन्छ । त्यही योनिको पवित्रता जाँच्न रामले सीतालाई अग्निपरीक्षा दिन लगाए, कतै रावणले बलात्कार गरेको छ कि भनेर, अर्थात रावणले सीताको ‘इज्जत’लुट्यो कि भन्ने ठानेर राम चिन्तित थिए । महिला बलात्कृत हुनु पनि उनको दोष मानिने र पुरुषचाहिँ सजायको भागी नहुने चलन कहिलेसम्म रहने ? कुनै महिला बलात्कृत भइन् भने पक्कै पनि छोटो लुगा लगाएर वा हाँसेर पुरुषलाई बलात्कार गर्न प्रेरित गरिन् होलिन समेत भनिन्छ । ‘बलात्कृत’ पुरुषले अपराध गर्‍यो भन्नेचाहिँ ठानिँदैन । त्यसैले प्रहरीले ‘बलात्कृत’ को मुख छोपिदिन्छ, किनभने पुरुषको इज्जत त बच्नुपर्छ । महिलाचाहिँं जीवनभर ‘बलात्कृत’ को ‘ट्याग’ भिरेर हिँड्नुपर्छ यसरी महिलाको चरित्र, उनको योग्यता आदि सबै उनको योनिको ‘पवित्रता’ संँग जोडिने कहिलेसम्म होला ? महिलाको शरीर भोगकै लागिमात्रै हो भन्ने भावनाले अभिभावकले छोरीको ‘कन्यादान’ गरिदिन्छन् । दान दिएको वस्तुमा त ‘मालिकको’ मात्र अधिकार हुन्छ ।

त्यसैले लोग्नेको घरबाट पिटिएर, हिंसा सहेर निकालिएकी छोरीको माइतमा स्थान हुँदैन । जति हिंसा भोगे पनि आफू र आफ्नो ‘इज्जत’ बचाउन महिलाचुप लागिरहन्छिन् । लोग्नेको घरबाटनिकालिएमा अक्षत योनि नभएकैले उनको विवाह सजिलै हुँदैन । सारमा, महिलालाई ‘बलात्कृत’ हुँदा उनी अपवित्र भइन् भनेर ‘छुवाछूत’ गर्ने, उनलाई र उनको परिवारलाई हेयको नजरले हेर्ने, उनको ‘जिन्दगी खत्तम भयो’ भन्ने विचार समाजका विभिन्न तप्कामा रहिरह्यो भने महिलाको सम्मान कसरी हुन्छ ? अहिल्या, सीताजस्तै पुरुषको लागि आफू ढुङ्गा बन्नुपर्ने, वनवास जानुपर्ने नेपाली महिलाको जीवन भइरह्यो भने समाज कसरी अगाडि बढ्ला ? महिलाको ‘इज्जत’ उनको ‘योनिको पवित्रतासंँग’ गाँसिएको छैन भन्ने आम बहस समाजमा कसले चलाइदेला ?