भिरबाट लडेर ७० बर्षिय जगबहादुरको मृत्यु

प्रकाशित मिति:

सबलपोस्ट/अर्घाखाँची –  अर्घाखांची जिल्लाको भुमिकास्थान नगरपालिकामा भिरवाट लडेर एक जनाको मृत्यु भएको छ । भुमिकास्थान नगरपालिका वडा नम्वर ९ डेभाका स्थानीय ७० बर्षिय जग बहादुर नेपाली घर नजिकैको भिरमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले बताए ।

सधै मदिरा सेवन गरेर हिड्ने उनी मदिरा सेवनका कारण भिरवाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धान रहेको छ । घटनाको वारेमा अनुसन्धान भैरहेको प्रहरीको भनाइ रहेको छ ।